Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियामा हृदयघातका कारण एनआरएनए रास्ट्रिय समन्वय परिषद चुङनाम क्षेत्रिय समिती सभापतीको निधन !

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया चुङनाम क्षेत्रिय समितिका सभापति मदन भुजेल को मिति २०२१ जुलाई २५ तारिख आइतवार हृदय घातका कारण निधन भएको छ।

लामो समय दक्षिण कोरियामा कार्यरत भुजेल यही महिना सम्पन्न भएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया छुङ्नाम थेजन शाखाको महाधिबेशन बाट अध्यक्ष पदमा निर्वाचित भएका थिय।एनआरएनए दक्षिण कोरियाको आधिकारिक फेसबुक पेजमा प्रकाशित शोक वक्तव्यका अनुसार भुजेलको हृदयघातका कारण आकस्मिक निधन हुन पुगेको हो।

गैर आावासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषदका एक जुझारु अभियन्ताको आकस्मिक निधनले समग्र एनआरएनए दक्षिण कोरिया दुखित भएको र शोकाकुल परिवारजनमा धैर्यधारण गर्न प्राथना गरेको वक्तव्यमा जनाईएको छ।एनआरएनए रास्ट्रिय समन्वय परिषद थेजन शाखा सभापतिको अप्रत्याशित नि’धनले समस्त संस्थालाई अपुरणिय क्षति भएको वक्तव्यमा जनाईएको छ।

सभापति भुजेलको निधनका कारण एनआरएनए रास्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको आठौँ कार्यसमिति सचिव पदमा भएको निर्वाचन को परिणाम घोषणा भएतापनी सपथ कार्यक्रम अर्को सुचना नआउदासम्मको लागी स्थगित गरिएको शोक वक्तव्यमा जनाईएको छ।

एनआरएनए दक्षिण कोरियाको शोक बिज्ञप्ती यस्तो छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय