Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

हामी नेपाली ग्लोबल दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न साधारण सदस्य सहित ४७ सदस्यीय कार्यसमिति गठन ।

 

विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई समन्वय गरी नेपाल र नेपालीहरूमा राष्ट्रिय एवं अन्तराष्ट्रिय जागरण ल्याई राजनीतिक, जातिय र धार्मिक क्रियाकलापबाट मुक्त नेपाली संस्थाको आबश्यकता महशुस गरी नेपालीहरूलाई एउटै मालामा गाँस्ने अभिप्रायले हामी नेपाली ग्लोबल नामक गैह्रराजनीतिक, गैह्रजातियता र गैह्रधार्मिक संस्थाको रूपमा हामी नेपाली ग्लोबल संस्थाको स्थापना २०१८ नोभेम्बर २४ तारिका दिन अमेरिकाको न्यूयोर्कमा स्थापना भएको थियो ।
त्यस्तै गरी दक्षिण कोरियाको लागि कन्सुलर आदर्श के सीको मुख्य पहलमा २०१९ जुन २९ तारिक हामी नेपाली ग्लोबल दक्षिण कोरिया स्थापना भई २ वर्ष पुरा गरी २०२१ जुलाई ११ तारिक दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

दोस्रो अधिवेशन जुम भर्चुल गर्ने पुर्ण तयारी भएको र केन्द्रिय अध्यक्ष अमृत लामाको प्रमुख आथित्यमा हुने तयारी साथ जुम भर्चुलमा अमृत लामाको उपस्थित भएता पनि संस्थामा चासो भएका शुभचिन्तकहरूको पुर्ण उपस्थितमा छलफल बाट नै हामी नेपाली ग्लोबल दक्षिण कोरियाको अध्यक्षमा अम्बिका पार्क, बरिष्ठ उपाध्यक्ष डा. किशोर कोईराला, उपाध्यक्ष दिप कुमार लामा, राजु लामा, महासचिव ओमलाल ओली, सचिव अनुपमा रिजाल, कोषाध्यक्ष जिवन थापा, सह कोषाध्यक्ष, मेग बहादुर घर्ती मगर साथै १५ जना सदस्य, सल्लाहकार ७ जना र साधारण सदस्य १७ जना गरी जम्मा ४७ जनाको हामी नेपाली ग्लोबल दक्षिण कोरियाको कार्यसमिति गठन भएको छ ।

हामी नेपाली ग्लोबल दक्षिण कोरियाको २ वर्ष सम्म गरेका क्रियाकलाप बारे जानकारी दिदै महासचिव ओमलाल ओलीले संस्थाको आर्थिक विवरण प्रस्तुत गरेका थिए उक्त विवरणमा संस्थाको आम्दानी ८१,३०,००० वन, सहयोग २५,१२,९७४ वन खर्च ४३,७८,००० वन भएको र बचत टिसर्टको सहित गर्दा जम्मा १९,८९,०२६ वन रहेको उक्त अधिवेशनमा जानकारी दिएका थिए साथै राजनीतिक, धर्म, जात वा वर्गबाट स्वतन्त्ररूपले सामाजिक कार्य गर्न चहाने जो कोहीलाई उक्त संस्थाको साधारण सदस्य रहन सक्ने बारे समेत जानकारी दिएका छन ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय