Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एनआरएनए काेरियाकाे निर्वाचन समिति एकलौटी भएपछि लक्ष्मीकाे उजुरी

गैरआवासीय नेपाली संघको दक्षिण कोरियाका आईसीसी सदस्य तथा लक्ष्मी लामा गुरुङले निर्वाचन समिति खारेज गर्न माग गरेकि छिन् । गैरआवासीय अन्तराष्ट्रिय समन्वय परिषद काठमाडौ नेपाललाई निर्वाचन आचारसंहिताको विपरीत काम गरेको भन्दै उनले निर्वाचन मण्डलका संयोजक ज्ञानेन्द्र प्रसाद जोशीको निर्बाचन समिति खारेज गर्न निवेदन पेश गरेकि हुन ।आठौं अधिवेशन गर्ने क्रममा विधिविधान, नीति ,कानुन भन्दा बाहिर गएर पक्षपात पुर्ण तरिकाले गरेको र संस्थामा स्थापनाकालदेखि नै एनआरएनए दक्षिण कोरियाको अभियानसँग जोडिएका व्यक्तिहरूलाई उपेक्षा गरि एकतर्फी ढङ्गबाट अगाडि बढेको र उक्त कार्यले एनआरएनए अभियान लाई गम्भीर आघात पुगेको भन्दै निवेदन पेश गरेकाे लक्ष्मीले बताइन् ।

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आठौ अधिवेशन संपन्न जुलाई ४ मा भएको र अधिवेशनको अन्तसंगै ज्ञानेन्द्र प्रसाद जोशीको संयोजकत्वमा निर्वाचन समिति गठन गरीएको थियो । प्रारम्भ देखी नै निर्वाचन समितिको काम प्रति नेपाली समुदायले व्यापक बिराेध तथा आलोचना गरेका छन ।यज्ञराज सुवेदी नेतृत्वकाे निवर्तमान कार्यसमिति प्रति नेपाली नागरिकको कडा आलोचना छ ।

लक्ष्मीले एनआरएनए कोरियाका कमजोरीहरुलाई बुँदागत रुपमा यसरी उल्लेख गरेकि छिन् ।

१)पंजिकृत सदस्यताको अन्तिम नामावली प्रकाशन नगरी निर्वाचन प्रक्रिया सुरु गरिएको।
२)उम्मेदवारको योग्यता र अयोग्यता मनोमानी तरिकाबाट छानबिन गरेको ,उम्मेदवारलाई व्यक्तिगत रुपले सम्पर्क गरी उम्मेदवारी फिर्ता गर्न अनुरोध गर्ने व्यक्ति र पहुँचको आधारमा उसरी स्वीकृत वा अस्वीकृत गरिएको।
३) अधिबेशन जुलाई ४/० मा सम्पन्न भएता पनि आजसम्म जुलाई १२ पनि सदस्यता प्रमाणित गरीराखेको।
४) निर्वाचन समितिले १४ सय जनाको मतदाता नामावलीका टासिएकोमा मतदाता २२०२ जना भनी राखिएको
५) निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरी राख्दा पंजिकृत सदस्यको व्यक्तिगत विवरण बाहिरिएको।
६) उम्मेदवारको अयोग्यता लाई लिएर गरिएको दावी/ विरोधको विषय (कसले कसलाई दावी विरोध गर्यो) निर्वाचन समितिले बाहिर नै छताछुल्ल बाहिर जानकारी गरिदिएको।
७) पंजिकृत सदस्य निःशुल्क भर्न दिएको र सो को लागि व्यक्तिगत विवरण मोबाइल कम्पनी लाई बेचेर सदस्यता बनेको छ जसलाई निर्वाचन समितिले मान्यता दिएको छ, जुन कोरियाको प्रचलित कानुन खिलाफ छ ।
८) एउटै बिसामा एकै पदका लागि दिएको उम्मेदवारी स्वीकृत र अर्को अस्वीकृत गरिएको छ जुन अव्यवहारिक र एकपक्षिय छ ।  हाम्रा खबर बाट 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय