Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

२०२२ को लागि कोरियामा श्रमिकको तलव वृद्धि ,मासिक १९ लाख वोन भन्दा बढी कमाई हुने !

दक्षिण कोरियामा सन् २०२२को लागी श्रमिकको न्युनतम ज्याला बढेको छ l ज्याला निर्धारण समितिको पटक पटक बसेको बैठक पश्चात सोमबार ५ प्रतिशत अर्थात प्रतिघन्टा ४ सय ४० वोन बृद्वी गर्ने अन्तिम टुङ्गो लागेको हो l

उक्त बृद्वीले प्रतिघन्टा ९ हजार १ सय ६० वोन हुने छ भने एक महिनामा न्युनतम काम गर्ने समय २०९ घण्टा बराबरको तलब १९ लाख १४ हजार ४ सय ४० वोन अर्थात करिब १ लाख ९५ हजार नेपाली रुपिया हुने छ lहाल , २०२१मा प्रति महिना अर्थात २०९ घण्टा बराबरको तलब १८ लाख २२ हजार ४ सय ८० छ lज्याला निर्थारण समिति बाट ज्याला बृद्वीको अन्तिम टुङ्गो लागेतापनि संसदबाट पास भैसकेपछि उक्त नियम सन् २०२२ जनवरी १ तारिख देखि लागु हुने छ l

कोरियामा हरेक बर्ष त्रिपक्षिय बैठक बसी श्रमिकको ज्याला बृद्वीको अन्तिम टुङ्गो लगाउने गरिन्छ l त्रिपक्षिय भन्नाले सरकारी पक्ष , ब्याबसायिक पक्ष र श्रमिक पक्ष पर्दछन l यसभन्दा पहिला पटक पटक बसेको बैठकमा मजदुर संगठनले प्रतिघन्टा १० हजार वोन हुनु पर्ने अडान नछाडेका कारण अन्तिम निष्कर्षमा पुग्न सकेको थिएन l

प्रवासी मजदुर संगठन (एमटियु ) का अध्यक्ष उदय राइका अनुसार राष्ट्रपति मुन जे इनको चुनावी घोषणा अनुरुप प्रतिघन्टा १० हजार वोन हुनु पर्ने माग राख्दै एमटियु, केसीटियु लगाएतका मजदुर संगठनहरुले कडा आन्दोलन गर्दै आइरहेका छन् l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय