नुवाकोट समाज दक्षिण कोरिया द्वारा जिल्ला हस्पिटललाई आई. सि. यु. बेड र मोनिटर हस्तान्तरण
476
Share
नुवाकोट समाज दक्षिण कोरिया द्वारा नुवाकोट त्रीशुली कोलनि स्थित एक मात्र सरकारी हस्पिटल त्रीशुली हपिटललाई २ थान आई सि यु बेड र मोनिटर हस्तान्तरण गरेको छ।नुवकोट बाट कोरिया आई बसोबास गर्दै आईरहनुभएका नुवाकोटे साथीहरु र नुवाकोट समाज को कोषबाट उक्त सहयोग प्रदान गरिएको नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष सुन्दर प्रसाद अधिकारीले बताउनुभएको छ। बिस्वनै आक्रान्त पारेको कोरोना भाईरस सङ जुध्न बिस्वका धनी देशहरुलाई त हम्मे हम्मे परेको अबस्थामा हाम्रो जस्तो गरिब देशलाई झन गार्हो हुने देखेर हामीले हाम्रो सस्थागत निर्णय गरेर उक्त सहयोग गरेको हौ।कोरोना महामारीको पहिलो चरणमा पनि हामीले नुवाकोटका सम्पुर्ण ९२ वटा स्वास्थ्य सस्था र फ्रन्ट लाईनमा रहनुहुने प्रहरि पत्रकारहरुलाई अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेको थियौ।
‘नुवाकोटेहरु प्रबासमा एक हौ बिपतकालागि आफ्नो देशको लागि पानीको थोपा जति सहयोग गरौ भन्ने आशय सहित सुरु गरिएको अभियानमा सहभागी सम्पुर्णलाई नुवाकोट समाज कोरिया हार्दिक धन्यबाद तथा नमन गर्न चाहन्छ साथै हाम्रो कामलाई नजिक बाट नियालिरहनु भएको नुवाकोट समाजका हितैषी मित्र सुनसरीका दिप नारायण चौधरी ज्युले पनि यो अभियानमा सहयोग गर्नुभएको ले उहालाई धेरै धेरै धन्यबाद दिन चाहन्छौ। यो अभियानको हिसाब किताब छिट्टै नुवाकोट समाजको आफ्नै फेसबुक पेजबाट सार्वजनिक गरिने अध्यक्ष अधिकारीले बताउनु भएको छ। यस अभियानमा निम्न ब्यक्तिहरुले सहयोग गर्नु भएको र अरु अपुग रकम सस्थाको कोषबाट चलाईएको थियो।