‘नुवाकोटेहरु प्रबासमा एक हौ बिपतकालागि आफ्नो देशको लागि पानीको थोपा जति सहयोग गरौ भन्ने आशय सहित सुरु गरिएको अभियानमा सहभागी सम्पुर्णलाई नुवाकोट समाज कोरिया हार्दिक धन्यबाद तथा नमन गर्न चाहन्छ साथै हाम्रो कामलाई नजिक बाट नियालिरहनु भएको नुवाकोट समाजका हितैषी मित्र सुनसरीका दिप नारायण चौधरी ज्युले पनि यो अभियानमा सहयोग गर्नुभएको ले उहालाई धेरै धेरै धन्यबाद दिन चाहन्छौ। यो अभियानको हिसाब किताब छिट्टै नुवाकोट समाजको आफ्नै फेसबुक पेजबाट सार्वजनिक गरिने अध्यक्ष अधिकारीले बताउनु भएको छ। यस अभियानमा निम्न ब्यक्तिहरुले सहयोग गर्नु भएको र अरु अपुग रकम सस्थाको कोषबाट चलाईएको थियो।
