Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा कोरोनाको खोप अहिले नै लगाउन यसो गर्नुहोस्

मे २७ अर्थात बिहिबारबाट दक्षिण कोरियाले बाँकी रहेका खोपहरु जो कोहिले लगाउन पाउने गरि रिजर्भ गर्न मिल्ने सिस्टमको सुरुवात गरेको छ। मोबाईल एपबाट आफ्नो नजिक रहेका खोप केन्द्रमा के कति खोप बाँकी रहेका छन। यदि छन भने ति खोप लगाउनका लागि आफूले अनलाईन आवेदन गरि रिजर्भ गर्न सकिनेछ।खोप लगाउन इच्छुकहरुका लागि यो खबरले थप उत्साह थपेको छ।

आफ्नो पालो भन्दा अगावै खोप लगाउन पाईन सक्नेछ। त्यसैगरी यो सिस्टमले कोरियालाई लक्ष राखिएकै समयमा सम्पूर्ण नागरिकलाई खोप लगाईसक्न सहयोग पुर्याउनेछ। कोरियाले जुन महिनाभरी १ करोड ३० लाख मानिसलाई खोप लगाईसक्ने लक्ष राखेको छ। नोभेम्बर महिनाभरीमा कोरियाका सबै नागरिकलाई खोप दिइसक्ने योजनामा कोरिया रहेको छ।

अहिले कोरियामा सबैले खोप पाएका छैनन। लक्षित उमेर समूह र स्वास्थ क्षेत्रमा काम गर्नेहरुलाई मात्र खोप लगाइँदै छ। तर ति ब्यक्तिहरुले तोकेको समयमा खोप लगाउन नगएमा त्यस्ता खोपहरु बाँकी रहन्छन। खोप सेन्टरमा पठाईएका खोपहरु उहि दिन सबै लगाईसक्नुपर्ने भएकाले गर्दा उघ्रिएका खोपहरु अहिलेको सिस्टमले अरुलाई दिइन लागिएको हो। यदि यो खोप पाएमा उक्त ब्यक्तिले ११ हप्तापक्षि दोश्रो डोज पाउनेछन।उघ्रिएको खोप आफू लगाउन चाहेमा नेभर वा काकाओटक मा “잔여 백신.” सर्च गर्नुपर्दछ। त्यहाँ रजिष्टर गरि फेरिफाई गर्नुपर्दछ। अहिले यी एपमा कोरियन भाषामा मात्र सेवा उपलब्ध भएकाले केहि कोरियन भाषाको ज्ञान आवश्यक पर्दछ।

नेभर वा काकाओटक मा “잔여 백신.” सर्च गरेपछी आफू नजिक रहेको खोप सेन्टरमा के कति खोप बाँकी छन भनेर देखिनेछ। उक्त सेन्टरमा क्लिक गरी रिजर्भको प्रकृया सुरु गर्न सकिनेछ। अहिले अनलाईनमा विहान ९ देखि साँझ ६ बजेसम्म मात्र रिजर्भ गर्न सकिन्छ।अहिले नेभर र काकाओटक दुई मोबाईल एपमार्फत रिजर्भ गर्न सकिने भएतापनि एक ब्यक्तिले दुबै एपबाट खोप रिजर्भ गर्न भने पाइदैन। रियल टाईम अपडेट र भेरिफाई हुने हुँदा २ वटा रिजर्भ एकै ब्यक्तिले गर्न सम्भव छैन। त्यसैगरी आफुले रिजर्भ गरेको खोप यदि क्यान्सिल गर्नुपरेमा उक्त खोप सेन्टरमा फोन गरि क्यानसिल गर्नुपर्दछ।

यदि क्यानसिल पनि नगर्ने तथा रिजर्भ गरिएको समयमा खोप लगाउन पनि नगएको खण्डमा अर्कोपटक खोप रिजर्भ गर्न पाइनेछैन। अहिले यो सिस्टममा एष्ट्राजेनेका कम्पनीको खोप मात्र रिजर्भ गर्न मिल्ने भएकाले ३० बर्ष वा सोभन्दा बढि उमेरकाले मात्र खोप लगाउन पाउनेछन।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय