Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

एन आर एन ए दक्षिण कोरियाको आठौं महाधिवेशनको मिति सार्वजनिक, यो पटक मोबाईल बाट भोट गर्न पाईने

 

सौल दक्षिण कोरिया

एन आर एन ए दक्षिण कोरियाले  केन्द्रसंगको लामो छ्लफल पश्चात् आठौं महाधिवेशन आउँदो जुलाई ४ तारिक आईतवार गर्ने तय गरेको अनलाइन मार्फत पत्रकार सम्मेलन गरि  सार्वजनिक गरेको छ  । २ हप्ता पछाडी जुलाई १८ तरिक आइतबार नयाँ कार्यकारी समिती चयन गर्न चुनाव गर्ने भएको छ भने एन आर एन ए स्मार्ट एप मार्फत मोबाईल बाट नै भोट गर्न पाईनेछ ।

गैर आवासीय नेपाली समन्वय परिषद केन्द्रिय समितिको संशोधित बिधान भित्र रहेर सदस्यता आव्हान गर्दै सदस्यता आव्हान बन्द गरेको मितिले १ महिना भित्र अधिवेशन गरिसक्नु पर्ने भएकोले बिधान भन्दा बाहिर गएर निर्णय गर्न नमिलेको कारण हामीले चाहेर मात्रै पनि अधिबेशनलाई पछाडि धकेल्न तथा सदस्यता आव्हान गर्नको लागि थप समय उपलब्ध गराउन नसकेको अध्यक्ष यज्ञराज सुवेदीले जानकारी गराउनुभयो ।

 

कोरियामा रहेको पाँच ओटा क्षेत्रीय कमिटीहरुको अधिवेशन राष्ट्रिय अधिवेशन भन्दा अगाडी जुन 20 र जुन २७ मा गर्ने भएको छ

अधिवेशनको लागि बिधान संशोधनको संयोजकमा डा अग्निराज कोईराला र निर्वाचन संयोजक को रुपमा डा .ज्ञानेन्द्र प्रसाद जोशीलाई चयन गरेको छ ।

१ महिनासम्म नयाँ सदस्यता आवेदन अनलाइन मार्फत खुला गरेको एन आर एन ए दक्षिण कोरियामा पुर्ण रुपमा आवेदन दिनेको संख्या 2484 जना रहेका र आवेदन दिन इच्छुक तर बिचमै कुनैकारण बंश आवेदन फाराम पूरा गर्न नसकेका 2087 जना रहेका तथा आवेदन पूरा भएर प्रमाणीकरण भैसकेको संख्या 50 रहेको छ । आवेदन दिने मिति यहि मे 22 सम्म भएपनी भर्न रोकिनुभएका सदस्यको लागि आफ्नो आवेदन पूरा ग्र्न मे 27 सम्मको मिति थप गरिएको एन आए एन ए अध्यक्षले जानकारी गराउनु भयो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय