Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

दक्षिण कोरियाका लागि राजदुतमा कृष्णचन्द्र शर्मा सिफारिस

दक्षिण कोरियाका लागि राजदुत नियुक्तिको लागि कृष्णचन्द्र शर्मा सिफारिस भएका छन् । परराष्ट्र मन्त्रालयले तीन वर्षदेखि रिक्त रहेको दक्षिण कोरियाका लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

दक्षिण कोरियाका लागि राजदुत नियुक्तिको सिफारिस भएका शर्मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा राजनीतिशास्त्र विभागका पूर्वप्रमुख हुन ।

मन्त्रालयले दक्षिण कोरियासँगै श्रीलंकासहित कार्यकाल पूरा नभई एक साताअघि मात्रै फिर्ता बोलाइएका अस्ट्रेलिया तथा अन्यमा गरेर ११ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि बढ्नेछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय