दक्षिण कोरिया सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) मा केही सुधार गररे कानुन पारित गरेको छ ।
६ महिनापछि लागू हुने नयाँ कानुनअनुसार अब उस्तै प्रकृतिको कामका लागि कम्पनी परिवर्तन गरे पनि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाइने उल्लेख छ ।यसअघि ४ वर्ष १० महिनासम्म एउटै कम्पनीमा काम गरे मात्रै फेरि प्रतिबद्ध कामदारका रूपमा कोरिया आउन पाइन्थ्यो। विभिन्न प्रकारको महामारी, रोग वा प्राकृतिक प्रकोपका कारण स्वदेश फर्कन नसकेका कामदारलाई थप एक वर्ष काम गर्ने भिसा दिन सकिने व्यवस्था नयाँ कानुनमा छ ।
कोरोना महामारीका कारण विभिन्न देशका कामदार भिसा सकिए पनि स्वदेश जान नसकेपछि कसरी व्यवस्थापन गर्ने भन्ने समस्या भएको थियो।