Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

संसद भवनमा प्रवेश गर्यो कोरिया भाषा पास गरेकाको समस्या जीटुजी प्रक्रिया मार्फत कोरिया पठाउन माग

काठमाण्डु – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले जि टू जी प्रक्रियामार्फत भाषा पास गरेका परीक्षार्थीहरुलाई दक्षिण कोरिया लैजान सरकारसँग माग गरेकी छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले भाषा पास गरेर दक्षिण कोरिया जान नपाएका युवाहरुलाई जि टूजी प्रक्रियामार्फत लैजानका लागि पहल गर्न आग्रह गरेकी हुन् ।

‘भाषा परीक्षा उर्तिण गरेर झण्डै १० हजार नेपाली दक्षिण कोरिया जान पाएका छैनन् । उनीहरुको लगानी र समय खेर गइरहेको छ । उनीहरुमाथि अन्याय भएको छ’, उनले भनिन्, ‘नेपाल सरकार र दक्षिण कोरियाबीच जि टू जी सम्झौता गरेर तुरुन्तै जाने व्यवस्था गर्नुपर्छ ।’

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय