Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कास्की परिवार दक्षिण कोरियाको बार्षिक साधारण सभा सम्पन्न!

सौल दक्षिण कोरिया ,

गत मार्च २१,आइतबार कास्की परिवार दक्षिण कोरिया छैंटौं कार्यसमितीको बार्षिक साधारण सभा भर्चुवल जुम मार्फत सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष प्रविण गिरीको सभापतित्वमा भएको साधारण सभामा प्रमुख अतिथीको रुपमा गण्डकी प्रदेश सभा सदस्य तथा साँसंद अर्थ तथा विकास सभापति माननिय दिपक कोइराला हुनुहुन्थ्यो।साथै विशेष अतिथीको रुपमा यज्ञराज सुवेदी( NRNA अध्यक्ष,कोरिया), श्रीमती रमा भट्टराइ( श्रम सहचारी नेपाली दुतावास द.कोरिया),गोविन्द पौडेल( कास्की आदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपाल),खोम प्रसाद गुरूङ(संरक्षक कास्की परिवार द.कोरिया),गोकुल प्रसाद दंगाल(प्रवासी नेपाली एकता मञ्च द.कोरिया),श्री प्रसाद श्रेष्ठ (अध्यक्ष नेपाली सम्पर्क समिती द.कोरिया) लगायतका थुप्रै अन्य अतिथीहरू हुनुहुन्थ्यो।


संस्थाका सचिब बिनोद दाहालको संचालनमा रहेको सभा ब.उपाध्यक्ष पुरन गुरूङले स्वागत मन्तव्य दिनुभएको थियो भने सल्लाहकार द्वय डा. बिमल सुवेदी, लक्ष्मी लामा गुरूङ,डा. प्रदिप अधिकारी,चुडामणी अधिकारी,प्रकास देवकोटाले क्रमश बार्षिक साधारण सभा सफलताको शुभकामना मन्तव्य दिनुभएको थियो।


बर्ष भरिको सांगठानिक प्रतिवेदन अध्यक्ष प्रविण गिरी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष नन्द जंग गुरूङले पालैपालो पेश गर्नुभएको थियो । त्यस्तै संस्थाका सह सचिब राम सापकोटा सदस्य हिसप श्रेष्ठ प्राविधिकको रुपमा सहयोग गर्नुभएको थियो।


कोरोना कहरको बावजुद पनि प्रविधीको उच्चतम सदुपयोग गर्दै यसरी भर्चुअल जुम मार्फत बार्षिक साधारण सभा सम्पन्न गरेकोमा धन्यवाद तथा शुभकामना दिदै प्रमुख अतिथी माननिय कोइरालाले खुशी व्यक्त गर्नुभएको थियो।


प्रवासी भुमीमा रहेर पनि सांगठानिक,सामाजिक,नैतिक,साँस्कृतिक लगायत विविध विषयमा संस्थाले उत्तरदायित्व बहन गर्दै एग्रसर रहि आएको सन्दर्भमा संस्थाको कृयाशिलतालाइ अझ जिम्मेबार र जिवन्त प्रदान गर्न कोभिड महामारीको जोखिमको वावजुद पनि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी जनाउनुहुने तमाम संस्था सम्वद्द महानुभावहरू र शुभचिन्तकहरूलाइ विशेष धन्यवाद ज्ञापन गर्दै अध्यक्ष प्रविण गिरीले सभाको औपचारिक समापन गर्नुभएको थियो। र अन्त्यमा अनौपचारिक रुपमा केही आन्तरिक छलफलका साथै नयाँ सदस्यहरूलाइ स्वागत तथा कोरिया बसाइ अवधि समाप्त भइ स्वदेश प्रस्तान गर्न लागेकालाइ सम्मान तथा बिदाइ गरिएको थियो।कार्यक्रम को समापन कार्यक्रम का सभापति प्रवीण गिरि ज्यु ले गर्नु भयको थियो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय