Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

क्यानको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा गजेन्द्र भट्ट चयन

सौल,दक्षिण कोरिया ,
क्रीएटिभ एम्बिसन नेपाल ( CAN ) दक्षिण कोरियाले आफ्नो तेस्रो अधिवेशन सम्पन्न गरेको छ । मार्च २१ आइतवार भर्चुअल माध्यमबाट सम्पन्न उक्त अधिवेशनबाट संस्थाका पुर्व उपाध्यक्ष गजेन्द्र भट्ट अध्यक्षमा चयन हुनुभएको छ ।
कोरियाको किम्पो क्षेत्रका व्यवसायी तथा सामाजिक व्यक्तित्व उमेश बस्नेत ज्युको प्रमुख आतिथ्य तथा CAN का संस्थापक अध्यक्ष रोहित गुरुङ ज्युको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम बाट अध्यक्ष गजेन्द्र भट्ट का साथ अन्य सदस्यहरुमा उत्तम कार्की , रुपेश थापा , दिलिप के सि , तुलाराम जैसी , राम फुयाल , उमेश कार्की गरि सात सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएको छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष दिपक गौतमले अहिलेको यस कोरोना महामारीले उत्पन्न विषम परिस्थितिले संस्थाका गतिविधिमा पर्न गएको असर तथा विगतमा गरिएका कामको छोटो समीक्षा गर्नुभएको थियो । साथै यस परिस्थितिका बाबजुद आ-आफ्नो स्थानमा सुरक्षीत रहदै यस कार्यक्रमलाइ साथ दिनुहुने सम्पुर्ण सदस्य तथा पदाधिकारी हरुलाइ विशेष धन्यवाद ज्ञापन गर्नुका साथै नयाँ कार्यसमितिमा चुनिनुभएका सम्पुर्ण सदस्यहरुलाइ हार्दिक बधाई तथा आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष गजेन्द्र भट्ट ज्युले अहिलेको विषम परिस्थितिबाट केही सहज वातावरण बन्दै गएपछी एक विशेष कार्यक्रम मार्फत कार्यसमिति विस्तार तथा अन्य रिक्त स्थानमा पदाधिकारी चयन गर्दै यस संस्थालाई अझ सुदृढ ढङ्गले अघि बढाउन सबैको साथको अपेक्षाका साथ
अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय