Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियामा ब्लाेन र मोक्तानलाई संयुक्त रुपमा सम्मान तथा बिदाई

दक्षिण काेरिया/ सउल/ – बागमती प्रदेश ३ एकता समाज दक्षिण कोरियाका निवर्तमान/संस्थापक अध्यक्ष किशाेर ब्लाेन नियोग र नेपाल आदिवासी जनजाति महासंघ दक्षिण काेरियाका पूर्व अध्यक्ष चित्र बहादुर माेक्तानलाई संयुक्त रुपमा सम्मान तथा बिदाई प्रदान गरिएको छ । प्रवासमा गैर आवासीय नेपाली समुदाय र सामाजिक संस्थाहरूमा सकृय योगदान गरेको सन्दर्भमा विभिन्न संघ संस्थाहरुले संयुक्त कार्यक्रम आयोजना गरेर सम्मान गरिएको हो ।

काेरियामा रहेका श्रमजीवी मजदुरहरुको हक हित र अधिकारको लागि विभिन्न तवरबाट सहयाेग पुर्‍याएका र निरन्तररुपमा विभिन्न संघ संस्थामा रहि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले सामाजिक, राजनीतिक, तथा मेलमिलाप साथै मानविय सेवा र सहयोग गरि याेगदान पुर्‍याउन सफल किशाेर कुमार ब्लाेन र चित्र बहादुर माेक्तानलाई विभिन्न संघसंस्थाले याेगदानकाे कदर गर्दै सम्मान प्रदान गरेकाे हाे । काेरियाकाे बसाइँ सकेर पूर्व अध्यक्ष द्वय ब्लाेन र माेक्तान यहि मार्च १९ मा नेपाल फर्कने छन् ।


साेमबार सम्पन्न उक्त कार्यक्रममा सभापतित्व युगल तेन्डुप शेर्पा (आदिवासी जनजाति महासंघ) ले गरेको थियो । एनआरएनए काेरियाका पूर्व अध्यक्ष तथा आइसीसी सदस्य लक्ष्मी गुरुङ, प्रवासी नेपाली एकता मञ्चका सचिवालय सदस्य मिना थापा, वमन फर वमनका पुर्व अध्यक्ष पद्मा श्रेष्ठ, एनआरएनए दक्षिण कोरियाको सचिव राजकुमार स्याङतान, मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको अध्यक्ष सुर्य रुम्बा, प्रदेश ३ बागमती एकता समाज दक्षिण कोरियाको कोषाध्यक्ष सुरेश थिङ, तामाङ घेदुङ दक्षिण कोरियाको कोषाध्यक्ष सुरेश लामा, तामाङ पत्रकार संघ दक्षिण कोरियाको उपाध्यक्ष अमिर योन्जन लगायतकाे उपस्थिति रहेकाे थियाे । साथै विभिन्न संघसंस्थाको पदाधिकारीहरुको आतिथ्य रह्यो ।

कार्यक्रमको संयोजक राजकुमार स्याङतान थियो भने संस्थाहरु आदिवासी जनजाति महासंघ, एनआरएनए, मकवानपुर कोरिया मञ्च, तामाङ घेदुङ, प्रदेश ३ एकता समाज, एमटियु, एनसीसी, पत्रकार महासंघ, तामाङ पत्रकार संघले संयुक्त बिदाई गरिएको हो । साथै कार्यक्रमलाई आकर्षित रुपमा शुभ राज भोम्जनले संचालन गरेको हो ।

दक्षिण कोरियामा चित्र बहादुर मोक्तान ( कुदिङ) कुनकुन संघसंस्थाहरुमा संलग्न थिए र सामाजिक योगदानहरु !:-

१) गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको सल्लाहकार (सन् 2018-2020), र निर्बाचन समिती सद्स्य ( 2019)
२) आदिवासी जनजाति महासंघ दक्षिण कोरिया अध्यक्ष, निर्बाचन समिती सद्स्य एबम प्रमुख सलाहकार ,
३) नेपाल तामाङ संघ द कोरिया कोषाध्यक्ष / सल्लाहकार
४) निर्बाचन संयोजक,रामेछाप सम्पर्क समितीको सलाहकार , निर्वाचन संयोजक ,
५) प्रदेश नम्बर ३ एकता समाज दक्षिण कोरियाको सल्लाहकार , निर्बाचन समिती सद्स्य
६) एन सि सि कोरियाको सल्लाहकार एबम निर्बाचन समिती सद्स्य, ७) नेपाली समाज दक्षिण कोरिया को बरिष्ठ सल्लाहकार एबम बार्ता समिती सदस्य
८) कोरिया बसाई अवधि सन् 2013-2021 सम्म

Trip

दक्षिण कोरियामा किशोर कुमार ब्लोन (नियोग) कुनकुन संघसंस्थाहरुमा संलग्न थिए र सामाजिक योगदानहरु !:-

१) केबिएन मिशन डट कम का अध्यक्ष तथा सम्पादक
२) प्रदेश 3 बागमती एकता समाज दक्षिणको अध्यक्ष- (सन २०१८-२०२१ सम्म हाल सल्लाहकार)
३) मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको (कार्यवाहक अध्यक्ष सन २०१८-२०१९ हाल संरक्षक सल्लाहकार)
४) प्रवासी नेपाली एकता मञ्चको केन्द्रीय सदस्य तथा प्रचारप्रसार विभाग
५) आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सल्लाहकार ६)एनआरएनए सदस्य
७) पत्रकार महासंघ दक्षिण कोरियाको सदस्य
८ Migraine trade Union (MTU) सदस्य
९) दक्षिण कोरियामा बसाई अवधि सन् २०१६-२०२१ सम्म

उहाँहरलाई निरन्तररुपमा दक्षिण कोरिया स्थित गैर आवासीय नेपाली समुदायहरुको बिचमा विभिन्न संघ संस्थामा रहि प्रत्यक्ष वा परोक्ष रूपले सामाजिक, राजनीतिक, तथा पत्रकारिता साथै मानविय सेवा, सहयोग, सद्भाव पुर्ण, अतुलनिय योगदान प्रदान गरेकाले उच्च मुल्याङ्कन गर्दै मायाको चिनो स्वरुप प्रसंसा पत्र तथा कदर पत्र संस्थाहरुले संयुक्तरुपमा प्रदान गरेको हो ।

समाजसेवी ब्लोन र मोक्तानले कोरियामा रहेका संघ संस्था, सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । “समाजको प्रगति चहाने, देशको बिकास र परिवर्तनको सुभेच्छा राख्ने युवाहरु स्वदेशमा चाँडै फर्केर योगदान दिनु पर्ने आवश्यकता ब्लोनले औल्याए । विदेशमा सिकेको शीप र ज्ञानबाट समस्त नेपालीहरुको हितमा लागु गरि राज्यलाई सहयोग गर्नु पर्छ ।” ब्लोनले बताए ।
दुई अभियान्त द्वयलाई यात्रा र नेपाल बसाईको सफलताको कामना गर्दै विभिन्न माध्यमबाट सुभेच्छा प्रकट गरेका छन् । त्यसैगरी “कोरिया बसाईमा तपाईहरुले गर्नु भएको योगदान भोली आउने नेपालीहरुलाई प्रेरणाको श्रोत हुनेछ हार्दिक धन्यवाद शुभ यात्रा” भनेर गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्ष यज्ञ राज सुवेदीले शुभकामना व्यक्त गरेका छन् ।





























Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय