Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

SENTBE Nepal रेमिटान्सको साइन अफ गर्ने र पैसा पठाउनेलाई होलि बिशेष अफर

SENTBE एक फिनटेक कम्पनी हो जुनले सन् २०१५ देखि विदेशी रेमिट्यान्स सेवा दिदै आएको छ। हाल ४७ वटा भन्दा बढी देशहरूमा सेवा दिँदै आएको कम्पनीले आउने दिनमा विश्वव्यापी रूपमा विस्तार गर्दैछ । SENTBE, Samsung pay र Welcome Saving बैंकको आधिकारिक विदेशी रेमिट्यान्स पार्टनर पनि हो, त्यसैगरी Moneygram र Ripple जस्ता प्रमुख रेमिट्यान्स कम्पनीहरूसँग साझेदारी गर्ने पहिलो कोरियाली फिनटेक हो।

अन्य देश जस्तै कम्पनीले नेपाललाई पनि आफ्नो सेवाको प्राथमिकतामा राख्दै नेपालको सफल व्यावसायिक बैंक, NIC ASIA संग साझेदारी गरेको छ भने केहि समय पश्चात नै NIC एशियाले यहाँ कोरियामा रहेका नेपालीहरु लाई बैकिंक सेवा दिदैछ। छिटो ,सस्तो , सरल र विश्वसनीय माध्यमबाट नेपाल पैसा पठाउने मात्र नभई समय समयममा आफ्नो ग्राहकलाई मध्यानजर गरी विभिन्न उपहार योजना पनि ल्याउने गरेको छ।

यसै अनुरुप होलिको अवसर पारी यो मार्च महिमा भरका लागि SENTBE Nepal विशेष प्रोमो योजना ल्याएको छ। जसमा पहिलो बिजेताले Gold bar प्राप्त गर्नु हुनेछ भने साइन अप गर्ने र पैसा पठाउने मध्यबाट ५ विजेताले Smart Watch ,५ विजेताले Electric Iron ,५ विजेताले Air circulator प्राप्त गर्नु हुनेछ। साथै सम्पूर्ण ग्राहकवर्गले SENTBE बाट निशुल्क नेपालमा पैसा पठाउन सक्नु हुनेछ। यो मार्च ३१ गते बुधबार सम्म रहने छ भने विजेता घोषणा अप्रिल ३ शनिबार फेसबुक लाइभ मार्फत हुनेछ। थप प्रश्न र जानकारीको लागि Sentbe Nepal को फेसबुक पेज Hot line: 1877-6816 फोन र Kakao: 010-2629-6626 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय