Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

प्रदेश नम्बर तिन(बागमती)एकता समाज” दक्षिण कोरियाको अधिवेशन तयारी पुरा प्रमुख अतिथिमा प्रदेश तिनका मुख्य मन्त्रि आउने।

दक्षिण कोरिया/सउल

    “प्रदेश नम्बर तिन (बागमती) एकता समाज” दक्षिण कोरियाको सन २०२१/मार्च ७ मा हुने भनिएको दोस्रो अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ भने अधिवेशनको प्रमुख अतिथिको रुपमा प्रदेश नम्बर तिनका मुख्य मन्त्रि डोरमणि पौडेलको उपस्थिति हुने कुराको जानकारी संस्थाका अध्यक्ष किशोर ब्लोन नियोगले हामीलाई बताए ।

समाज कोरियामा रहेका बाग्मती प्रदेश अन्तर्गतका संस्थाहरूको छाता संस्था हो ! कार्यक्रम जुम भर्चुअल मार्फत सउलमा हुनेछ । “अधिवेशनमा कोरियामा रहेका दशवटा जिल्ला संस्थाहरूबाट प्रतिनिधिहरु पठाउनेछ । त्यसैगरी प्रदेशले दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति पाउछ” अधिवेशन आयोजक समितिले जनाए ।

“देश विकासमा हाम्रो योगदान, एकताको सुत्रमा समृद्धिको उठान” भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले अधिबेशन समारोहमा संस्थाको आफ्नै वेबसाइट समुद्घाटन गर्ने र लगानीको वातावरण बारे पनि बृहत छलफल गर्नेछन । आयोजक कमिटीले सम्पुर्ण सदस्यहरलाई कार्य विभाजन गरि अधिवेशनको तयारी पूरा गरेको हो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय