Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा भिषा सकिने र काम गर्न नपाउनेले पनि काम गर्न अनुमति पाउने , यसरी गर्नुहोस आवेदन

मिन बि क दक्षिण कोरिया
कोरियामा बसोबास गर्नुहुने भिषा सकिन लागेका बिदेशी नागरिकहरुलाई काम गर्न अनुमति दिने गरि कोरियाको  न्याय मन्त्रालयले काम अगाडी बढाएको छ। कोरियामा बसोबास गर्नुहुने भिषा हुने तथा भिषाको कारण घर फर्किन नसकेको हरुलाई १३ महिना सम्म भिषा थप गरेर बस्ने र काम गर्ने अनुमति प्रदान गरिनेछ।
नयाँ नियमका अनुसार कोरियामा बस्ने निम्नानुसार भिषा हुनेहरुलाई यो सुबिदा प्रदान गर्न लागेको हो

अध्यागमन विभागको सुचना अनुसार H-2 र E-9 भिषा हुनेहरुका लागी काम गर्ने अनुमति प्राप्त गर्ने सहितको भिषा g-1 दीइनेछ भने F-1 र F-3 को लागी भने काम गर्न पाउने अनुमति प्रदान गरिनेछ

यो नियम १९ वर्ष भन्दा माथिका सबै विदेशीहरुको लागी लागु हुनेछ। यदि कोहिले काम गर्ने अनुमति लिएर बस्न चाहनुहुन्छ भने कृषी क्षेत्र अथवा मत्यपालन क्षेत्रमा काम गर्नुपर्नेछ , कामको अवधी १३ महिना हुनेछ भने कोरियामा अन्य कामदारले सरह बिमा सुविधा हुनुका साथै तलब सुबिधा नोदंबू अनुसार नै हुनेछ। कानुन तथा न्याय मन्त्रालयका अनुसार यसलाई मौसमी कामदारको रुपमा परिभाषित गरेको छ।

भिषा अवधि समाप्त भएर घर फर्किन नपाएका बिदेशीहरुले G-1 भिषा प्राप्त गर्ने छन् । G-1 भिषा प्राप्त गरेपनि काम गर्ने अनुमति नलिएको खण्डमा काम गर्नु अबैधानिक हुनेछ । यदि काम गर्ने अनुमति सकिन लागेको छ भने काम गर्ने अनुमति थप गर्न पनि सकिने छ। तपाइले जुन क्षेत्रको लागी काम गर्ने अनुमति लिनुभएको हो त्यहि क्षेत्रमा काम गर्नुपर्ने छ। यदि काम गर्ने ठाउँ कारणबस परिवर्तन गर्नुपरेमा रोजगार दाताको अनुमति लिएर अध्यागमन बाट परिवर्तन गर्न सकिने छ।

आवेदन यसरी दिनुहोस

आवेदन दिने मिति : 2021-03-०२ देखि २०२२-02-२८ सम्म
आवेदन अनलाईन बाट दिन सकिने भिषा अनुसार फरक फरक तरिकाबाट
F-3, f-1, र H-2 भिषा हुनेहरुले आफ्नो परिवारको फाईल सहित लोकल प्रशासानिक केद्रमा इमेल फ्याक्स अथवा स्वयम् उपस्थीति भएर आवेदन दिन सकिनेछ भने E-९ भिषा हुनेहरुले अनलाईन मार्फत eps.go.kr. मा अथवा कोरिया भरिकै जब सेन्टर ( नोदंबू ) मा आवेदन गर्न सक्नुहुनेछ।

यदि तपाईले e-९ भिषा हुनेहरुले मौसमी कामदारको रुपमा आवेदन दिने हो भने भिषा सकिन ३० दिन अगाडिबाट आवेदन दिन सक्नुहुनेछ।
भने F-1 र F-3 भिषा हुनेहरुले काम गर्ने अनुमति मात्रै लिदा हुनेछ साथै H-2 र F1-11 भिषा हुनेहरुले G-1 लिनुपर्ने र काम गर्ने अनुमति लिनुपर्ने छ
नोट यदि यो भिषा लियर काम गरेको खण्डमा E-7-४ भिषा बनाउनको लागी मार्क थपिने छ जसमा ९० दिनसम्म काम गरेको छ भने ३ अंक थपिनेछ।

थप जानकारीको लागी तलका तस्बिरहरु हेर्नुहोस

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय