Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

डा. योगी बिकाशानन्द र मनोविश्लेषक बासु आचार्य दक्षिण कोरिया आउने

 

दक्षिण कोरियामै पहिलो पटक सामाजिक संस्थाको पहलमा ” मानसिक स्वास्थ तथा आत्महत्या रोकथाम सम्बन्धि भर्चुअल परामर्श ” कार्यक्रम आयोजना हुने भएको छ। 7 फेब्रुअरी 2021 आइतबार दिउँसो 2 बजे देखी सुरु हुने उक्त कार्यक्रममा दक्षिण कोरियामा रहेको नेपालीहरुको ताजा स्थिति बारे जानकार नेपाली दार्सनिक तथा मनोबैज्ञानिक मनोक्रान्तिको गुरु डा.योगी बिकाशानन्द र मनोबिश्लेसक तथा मनोपरामर्सदाता बासु आचार्यले परामर्श दिने भएका छ्न।

सुनौलो भबिस्यको सपना बोकेर दक्षिण कोरिया प्रवेश गरेका नेपालीहरु बर्सेनि 1 दर्जन भन्दा बढीले आत्महत्या गर्ने गरेको र पछिल्लो समय बिश्व जगत नै कोबिड-19 को महामारीले आक्रान्त भइरहेको स्थितिमा दक्षिणी कोरियामा रहेकोे नेपालीहरुमा यस बाट सिर्जित मानसिक तनाव र त्यसको उचित ब्यबस्थापन गर्नु नसकेको खण्डमा आत्महत्याको दर थप बढनु सक्ने भएकोले हामीले यो कार्यक्रम आयोजना गरेको हौ। नुवाकोट समाज दक्षिण कोरियाको उपाध्यक्ष मिलन तामाङले बताउनु भयो। हाल दक्षिण कोरियामा नेपालीहरुको आत्महत्याको दर निरन्तर बढिरहेको र पछिल्लो समय दक्षिण कोरियामा बिद्यार्थीहरुको सङ्ख्या समेत बढ्दै गएको र विद्यार्थीको लागि यहाँ सहज बाताबरण नरहेकोले सरोकारवालाहरुले समयमै यस विषयमा ध्यान नदिएमा थप घटना घट्न सक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।

नुवाकोट समाज दक्षिण कोरियालको आयोजनामा हुन गइरहेको यस कार्यक्रममा भर्चुअल माध्यम जुम (id. 2559644396/pw.9841676625) मार्फत सहभागी भइ मानसिक तथा मनोबैज्ञानिक ब्यबस्थापनको साथै मानसिक स्वास्थ सम्बन्धि विभिन्न विषयमा साक्षात्कार गरि सुबर्ण मौकाको लाभ उठाउन हुन सम्पुर्ण नेपाली समुदायलाई नुवाकोट समाज दक्षिण कोरियाको अध्यक्ष सुन्दर अधिकारीले हार्दिक अनुरोध गर्नुभएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय