Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

गम्भीर श्रेष्ठको मुख्य भुमिकामा रहेको कोरियन चलचित्र 사라센의 칼’ (सारासेन्वे खाल) रिलिज ।

थुप्रै कोरियन चलचित्र (मुभि)हरुमा आफ्नो अभिनय पस्किसक्नु भएका कोरियाको फिल्म नगरिमा समेत परिचीत गम्भीर श्रेष्ठको मुख्य भुमिका रहेको मानव अधिकार र बिदेशी नागरिकहरु बिचको भेदभाव बारेमा कथा बोकेको कोरियन कथानक चलचित्र ‘사라센의 칼’ (सारासेन्वे खाल) जनवरी १४ तारिकबाट कोरियाको विभिन्न सिनेमा हलमा भब्य प्रदर्शन भइरहेको छ।
कोरियामा सन् १९९० ताका बिदेशी नागरिकहरु प्रति गरिने श्रम शोषण , शारीरिक ,मानसिक तनाब,गाली गलैजा,कुटपिट र महिला यौन हिंसा बोकेको चलचित्र रहेको छ।
चलचित्रमा आफ्ना सन्तान भबिस्य को निमित्त आफ्नो गरीब अभिभावकले कति सम्म दुःख कष्ट खेप्नुपर्छ भन्ने दर्शाएको छ।
यस चलचित्रमा कोरियन महिला(युन ए) जो यौन हिंसा बाट पीडित हुन्छिन उक्त महिलालाई विदेशी नागरिकले(एलन) आफ्नो कार्य स्थानमा सहारा दिनुको साथसाथै उनको हक अधिकारको कति सम्म लागिपरेका छन् यो फिल्म हेरेपछि थाहा पाउनेछ।
निर्देशक लिम जे-यंग को निर्देशनमा तयार पारिएको यो चलचित्र कोरियाको थिएटर, डिजिटल प्ल्याटफर्ममा रिलिज भइरहेको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय