Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

घुस दिएको अभियोगमा सामसुङ कम्पनिका उपाध्यक्षलाइ २ बर्ष ६ महिनाको जेल सजाय

किसन गौतम ,

दक्षिण कोरियामा भ्रष्ट्राचार अभियोगमा सामसुङ् इलेक्ट्रोनिक्स कम्पनीका उपाध्यक्ष ली जे योंग लाइ सिओल उच्च अदालतले साढे दुइ बर्षको जेल सजाय सुनाएको छ ।

५२ बर्षिय ली लाइ पुर्व राष्ट्रपति पार्क ग्युन हेको अनुरोधमा चोइ फाउन्डेसन लाइ २ ९ .८ बिलियन कोरियन वोन अर्थात २७.४ मिलियन डलर घुस दिएको आरोप छ । उनले त्यो भन्दा पनि अझै थप रकम दिने बाचा गरेको समेत पुष्टि भएको । ली ले उक्त घुस दिए बापत तात्कालिन सरकार बाट बिभिन्न तरिकाले ब्याक्तिगत लाभ लिएको आरोप छ । उनलाई उक्त आरोपमा सन् २०१७ मा ५ बर्षको जेल सजाय सुनाइएको भएतापनि १ बर्षमै पुनः जेल मुक्त भएका थिए |कोरियामा गत हप्ता मात्र पुर्व राष्ट्रपति पार्क ग्युन हे लाइ भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोगमा उच्च अदालतले २० बर्षको जेल सजाय सुनाएको छ । उनी संगै भ्रष्ट्राचार आरोप लागेका अन्य केहि उच्च पदस्त ब्याक्तिहरुको मुद्वा फैसला हुन बाकि छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय