Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नर्वेमा फाइजर भ्याक्सिन लगाएका २९ जनाको मृत्यु, सरकार चिन्तित

एजेन्सी, ४ माघ ।  नर्वेमा फाइजरको भ्याक्सिन लगाएपछि २९ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेहरु ७५ वर्षभन्दा माथिका रहेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएकाे छ ।समाचारअनुसार फाइजर भ्याक्सिन लगाएका वृद्धवृद्धाको मृत्यु भएपछि सरकारको चिन्ता बढेको छ । ७५ वर्षभन्दा माथिकाहरूलाई जोखिममा रहेको समूह मानेर पहिले भ्याक्सिन लगाइएको हो ।नर्वेमा नयाँ वर्ष मनाएको चार दिनपछि कोरोना भ्याक्सिन खोप वितरण भएको थियो ।

त्यस दिन ३३ हजार नर्वेजियनले भ्याक्सिन लगाएका थिए । समाचार एजेन्सीहरूका अनुसार भ्याक्सिन लगाएपछि केहीमा साइडइफेक्ट देखिएको थियो । धेरैजसोको मृत्यु भ्याक्सिन लगाएको केही दिनपछि नै अस्पतालमा भर्ना भएको अवस्थामा भएको छ ।नर्वेमा अहिलेसम्म ४२ हजार जनालाई भ्याक्सिन लगाइसकिएको छ ।

शुक्रबारसम्म नर्वेमा उपलब्ध एकमात्र भ्याक्सिन फाइजर र बायोएनटेकले विकास गरेको भ्याक्सिन थियो । नर्वेजियन मेडिसिन एजेन्सीले ब्लुमबर्गलाई दिएको लिखित जवाफमा यी सबै मृत्युहरु यो भ्याक्सिनसँग सम्बन्धित भएको बताएको छ ।

यता नर्वेको स्वास्थ्य विभागले मृत्यु हुनेमा धेरैजसो मुटु रोगी भएको जनाएको छ । सबैजसोमा दीर्घरोग रहेको विभागको भनाइ छ । आत्तिहाल्नुपर्ने कारण नरहेको नर्वे सरकारले बताएको छ ।नर्वेजियन सरकारले यसको थप अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ । रसियाको एन्जेसीले पनि फाइजर भ्याक्सिन लगाएका २९ जनामा समस्या आएको दाबी गरेको छ ।

रसियन एजेन्सीहरूका अनुसार फाइजर भ्याक्सिन निर्माणमा हतार भएको आरोप पनि छ । यसकारण, चीनले फाइजर भ्याक्सिन तत्काल रोक्नुपर्ने चिनियाँ अधिकारीहरूको सुझाब छ ।कोरोना भाइरस तेस्रो चरणमा फैलिएपछि युरोपियन राष्ट्रले विश्वकै पहिलो भ्याक्सिन फाइजरलाई अनुमति दिएका थियो । सन् २०२१ को नयाँ वर्षपछि धेरैजसो राष्ट्रमा यो भ्याक्सिन वितरण भयो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय