Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

दक्षिण कोरियामा जन्मभन्दा मृ’त्यु दर बढी, श्रमशक्ति अभाव हुने खतरा

दक्षिण कोरियामा जन्मभन्दा मृ’त्युदर बढी देखिएको छ। सन् २०२० मा २०२० जन्मिने मानिसको सङ्ख्याभन्दा बढी मृ’ त्यु भएपछि श्रमशक्तिको अभाव हुने खतरा देखिएको छ।हाल दक्षिण कोरियामा शिशु जन्मदर विश्वकै न्यून छ। सन् २०२० मा त्यहाँ अघिल्लो वर्षको तुलनामा १० प्रतिशत कम अर्थात् २ लाख ७५ हजार ८०० शिशु जन्मिएको बीबीसीले उल्लेख गरेको छ।

सो वर्ष ज्यान गुमाउने मानिसको सङ्ख्या ३ लाख ७ हजार ७६४ रहेको थियो।जनसङ्ख्या घट्दा देशमाथि चर्को दबाव उत्पन्न हुन्छ।स्वास्थ्यसेवा र निवृत्तिभरणको मागका कारण सार्वजनिक खर्च जुटाउन आइपर्ने समस्याबाहेक घट्दो युवा जनसङ्ख्याले श्रमशक्तिको अभाव निम्त्याउँदै अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा नै प्रभाव पार्ने विज्ञहरूले बताएका छन्।अघिल्लो महिना राष्ट्रपति मुन जे-इनले प्रोत्साहनस्वरूप भत्ता दिनेसहित जन्मदर बढाउने उद्देश्यले कैयौँ नीतिहरू घोषणा गरेका थिए।

Trip

उक्त योजनाअन्तर्गत सन् २०२२ बाट प्रत्येक शिशुलाई १ हजार ८५० अमेरिकी डलर नगद उपलब्ध गराइने बताइएको छ। त्यसबाहेक एक वर्ष नपुगुन्जेलसम्म मासिक ३२ हजार रुपैयाँभन्दा बढी रकम शिशु स्याहार खर्च दिइनेछ।

उक्त मासिक प्रोत्साहन भत्ता वृद्धि गरेर सन् २०२५ मा ५० हजार रुपैयाँभन्दा बढी बनाउने भनिएको छ।दक्षिण कोरियामा महिलाहरूले काम र व्यक्तिगत जीवनको सन्तुलन मिलाउन सङ्घर्ष गर्नुपरेको तथा दैनिक मूल्यवृद्धि लगायतका कारण दम्पतिले शिशु नजन्माउँदा यस्तो अवस्था सिर्जना भएको हो।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय