Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

भारतको सहयोगमा केपी ओलीले प्रतिनिधिसभा भंग गरे-चित्र बहादुर केसी

दाङ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको साथ र सहयोगमा प्रतिनिधिसभा विघटन भएको बताएका छन् । ‘भारतीयको साथ र समर्थनमा केपी ओलीले यस खालको गलत काम गर्नुभएको छ,’ प्रतिनिधिसभा विघटनविरुद्ध राजमोले बिहीबार घोराहीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै केसीले भने,‘ओली एक्लैले यस्तो कदम उठाएका होइनन् । भारतको सहयोगमा मात्रै यो सम्भव भएको छ ।’भारत नेपाललाई सिक्किम बनाउने योजनामा लागिरहेको उनले बताए । नेपालले नयाँ नक्सा जारी गरेपछि नै भारतमा खैलाबैला मच्चिएर नेपालमा नयाँ चलखेल सुरु भएको उनले बताए । ‘अहिलेसम्म भारतबाट कति धेरै जिम्मेवार व्यक्तिहरु आए । उनीहरुले के(के गरे भन्ने कुरा प्रस्टै छ,’ उनले भने,‘लिपुलेक, लिम्पियाधुरासहित नेपालको नक्सा जारी भएपछि नै भारतले यहाँ खेल्न थालेको हो । भारत जसरी पनि नेपाललाई सिक्किम बनाउने योजनामा छ ।’संविधान जारी गर्ने बेलादेखि नै भारतीय हस्तक्षेप प्रस्ट भएको बताउँदै केसीले पटक(पटक भारतले नेपालमा प्रत्यक्ष चलखेल गरिरहेको बताए । ‘भारतले नाकाबन्दी जारी गर्दासमेत नेकपाले राष्ट्रियताको पक्षामा अडान लिएका कारण मात्रै हामीले सरकारलाई समर्थन गरेका थियौं,’ उनले भने,‘अहिले नेताहरुले फेरि राष्ट्रियता बिर्सन थाले । भारत नेपाललाई हिन्दु राज्य बनाउन चाहन्छ ।’

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय