Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा उच्च हिमापात संगै तापक्रम घटेर माइनस २३ डिग्री सम्म पुग्यो

किशन गौतम/सिओलदक्षिण कोरियामा बुधबार साझ देखि अत्यधिक हिमपात भएको छ l उच्च हिमपात संगै तापक्रम घटेर माइनस २३ डिग्री सम्म पुगेको कोरिया मौसम प्रशासनले जनाएको छ l

बिहिबार बिहान राजधानी सिओलको तापक्रम माइनस १६ डिग्री मापन गरिएको छ भने खाङ्वन्दो प्रान्तका बिभिन्न स्थानहरुमा माइनस २३ डिग्री सम्म मापन गरिएको छ lराजधानी सियोल तथा आसपासका क्षेत्रमा ३ बर्ष पश्चात पहिलो पटक कोल्ड वेव वार्निंगले असर देखाउन थालेको मौसम विभागले जनाएको छ

lराजधानी तथा आसपासमा बुधबार साझ ३.८ सेन्टिमिटर सम्म हिमपात भएको छ भने अन्य बिभिन्न स्थानहरुमा हिमपात संगै चिसो हावाका कारण माइनस २५ डिग्री बराबरको चिसो अनुभब गरिएको छ lयस भन्दा पहिला सन् २०१८ को जनवरी २३ मा उक्त सचेतना देखाएको थियो l

उच्च हिमपातका कारण केहि सबारी साधनको लामो जाम लागेको छ भने केहि सवारी दुर्घटना समेत भएका छन् l

त्यसैगरी जेजुका उच्च पहाडी क्षेत्रमा पनि पहिलो पटक कोल्ड वेव वार्निंगले असर देखाएको छ lकोरिया मौसम विभागका अनुसार साइबेरिया बाट आएको चिसो हावाका कारण आगामी मंगलबार सम्म तापक्रम अत्यधिक चिसो रहनेछ भने बुधबार देखि क्रमस सुधार आउने छ lहेल्लो नेपाल कोरिया

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय