Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाले सन् २०२१ मा ५२ हजार बिदेशी कामदार भित्राउने , अप्रिल सम्म २२ हजारको रोजगार अनुमति जारि गर्ने

दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले २०२१ लागि इपिएस अन्तर्गत लैजाने प्रवासी श्रमिकको ५२ हजार कोटा निर्धारण गर्नेको छ l

.यो ५२ हजार कोटा इपिएस बाट प्रवासी श्रमिक भित्राउने १६ देशकोलागि हो l यो सख्या २०२० को तुलनामा ४ हजार कम छ l. कोरोनाको कारण २०२० को कोटा मध्येका ३० हजार ९ सय ९ प्रवासी श्रमिक कोरिया आएको आउन पाएका छैनन् l

२०२१ मा तोकिएको ५२ हजार मध्ये उत्पादन क्षेत्रमा ३७, हजार ७०० जना ,कृषि क्षेत्रमा ६ ,४०० जना ,मत्स्यपालन क्षेत्रमा ३,००० जना ,निर्माण क्षेत्रमा १,८०० जना ,सेवा क्षेत्रमा (पुरानो समान बटुल्ने छान्नेमा) १०० तोकिएको छ l

यो कोटा मध्ये ४० हजार नया आउने छन् भने १२ हजार कमिटेड (प्रतिबद्द पुन प्रवेश ) श्रमिक लगिनेछ l अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमति पत्र जारि गरिने भनिएको छ l

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय