Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

बझाङ, केदारस्युँ गाउँपालिका ~८ का पहिरो पीडितलाई सुदुरपश्चिम समाज कोरियाको सहयोग

सुदूरपश्चिम प्रदेश बझाङको केदारस्युँ गाउँ पालिका -८, मल्लेसीका बाढी पहिरो पीडितलाई सुदुरपश्चिम समाज, कोरियाले रु १ लाख नेपाली सहयोग गरेको छ। समाजका महासचिव ओम साउदले जानकारी गराएअनुसार कोषाध्यक्ष डिल्लीराज पनेरु हस्ते समाजले बाढी बाढी पीडित विपद् व्यवस्थापन समिति
केदारस्युँ-८, मल्लेसीको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक बझाङको
चल्ती हिसाव खाता नं ४११००१००४६०१ मा १ लाख जम्मा गरी सहयोग गरेको हो।
गत् असार महिनाको २० गते शनिबार बिहान २ ‌बजेतिर केदारस्युँ गाउपालिकाको मल्लेसीमा भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो। उक्त पहिरोबाट सो स्थानमा रहेका २० परिवार घरविहीन भएका छन् र उक्त बस्तीलाई अन्यत्र सुरक्षित स्थानमा पुनर्स्थापना गर्नुपर्ने चुनौती छ।
समाजले उक्त पहिरोको दु:खद् खबर सार्वजनिक भए लगत्तै विज्ञप्ति प्रकाशित गरेर समाजका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेको थियो र बझाङका पहिरो पीडितलाई सहयोग गर्न अध्यक्ष बीर पाल, सल्लाहकारहरू कमल शाही, लाल साउद र यज्ञराज जोशी को समन्वयमा संयुक्त अभियान संचालन गरेकोमा ५० जना सहयोगीहरूबाट उक्त सहयोग प्राप्त भएको हो।
समाजले बेलाबखत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ। केहीदिन अघि मात्र अछाम रामारोशनका बाढी पीडितलाई समेत समाजले सहयोग गरेको थियो।
कोरियामा रहेका सुदूरपश्चिमेलीहरूको बीचमा आपसी सद् भाव एवं एकता अभिवृद्धि गरी संस्थागत रूपमा नेपाली समुदायको हित र भलाईका लागि विशुद्ध सेवाभावले स्थापित एक सामाजिक संस्थाको रुपमा 19 सेप्टेम्बर 2005 मा सुदुरपश्चिम समाज, कोरियाको स्थापना भएको हो। सुदूरपश्चिम समाजका मूलभूत उद्देश्यहरूमा विभिन्न उद्देश्यले कोरियामा कार्यरत सुदूरपश्चिमेली नेपालीहरूको बीचमा आपसी सद्भाव र एकताको भावना जागृतगर्ने, आपतविपत का बेला परस्परमा सहयोग गर्ने, बाढी,पहिरो,भूकम्प जस्ता प्राकृतिक प्रकोपमा मातृभूमिका निम्ति सहयोग गर्ने,मौलिक भाषा, कला, साहित्य संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्ने र सकारात्मक सोचको विकास गरी सक्दो रूपमा सामाजिक तथा मानवीय सेवा सहयोगका कार्य गर्ने रहेका छन्।
यसै बीच केदारस्युँ गाउँपालिका प्रमुख ईन्द्र भण्डारीले पहिरो पीडितलाई सहयोग गरेकोमा सुदूरपश्चिम समाज,कोरियालाई धन्यवाद दिनुभएको छ भने समाजका वरिष्ठ सल्लाहकार डाँ अग्नीराज कोइराला,पूर्व अध्यक्ष धर्मराज जोशी एवं अध्यक्ष बीरबहादुर पालले समेत सबै सहयोगीहरूलाई हार्दिक धन्यवाद दिएका छन्।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय