Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

भिसा लागेका ९६१ युवा कोरिया जान पाएनन्

कोरोना संकटका कारण श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९६१ युवा कोरिया जान पाएनन् ।कोरोना संक्रमणका कारण यो वर्षको ९ महिनामा १ हजार २७ युवा इपिएस मार्फत कोरिया गएको देखिन्छ ।      यसरी श्रम सम्झौता गरेका मध्ये भिसा नै लागेर जान नपाएका श्रमिक आधा भन्दा बढी छन । भिसा लागेका मध्ये धेरै जसो कमिटेड वर्कर (सर्मपित श्रमिक) रहेका छन ।कमिटेड वर्कर भनेको यस अघि कोरियामा काम गरेर पुनः रोजगारदाताले माग गरेका श्रमिक हुन ।नेपालमा कोरोना संक्रमण बढदै गएपछि भिसा लागेका ७५८‘कमिटेड’ श्रमिक र नयाँ गरी ९६१ कोरिया जान नपाएका हुन ।कोरोना संकट शुरु भएयता १ हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरेका थिए ।शाखाका निर्देशक ईन्द्र गौतमले भिसा लागेका श्रमिकलाई कोरियाले लैजान चाहेको भएपनि दुबै देश पर्ख र हेरको स्थितीमा रहेको बताए।वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले कोरियामा ५ वर्ष काम गरेर पुनः नेपाल आएर जान लागेका ९६१ युवाको भिसा म्याद पनि समाप्त हुन लागेको जनाएको छ । शाखाले यिनीहरुको भिसा म्याद नोभेम्बरको दोस्रोसाता सम्म मात्र रहेको जनाएको छ ।९६१ मध्ये कोरियामा काम गरेर फर्केका कमिटेड वर्कर (सर्मपित श्रमिक) ७५८ भिसा लागेर पनि कोरोना संकटका कारण कोरिया जान नपाएको शाखाले जनाएको छ ।कोरिया जाने उडान नियमित भएपनि इपिएसका श्रमिक पठाउने र बोलाउने अवस्थामा दुबै देश नरहेको देखिन्छ।रोजगारदाताले श्रम सम्झौता रद्ध नगरेको अवस्थासम्म म्याद समाप्त भएको युवाको भिसा अवधी थप गर्ने एचआरडीले आश्वासन दिएको छ ।

कोरियामा कोरोना संक्रमण नियन्त्रणउन्मुख भएपनि नेपालको अवस्था अध्ययन गरेर कोरियाले तत्कालका लागि नेपाली कामदारलाई प्रवेश नदिएको शाखाको भनाई छ।कोरोना संक्रमणका कारण यो वर्षको ९ महिनामा १ हजार २७ युवा इपिएस मार्फत कोरिया गएको देखिन्छ । सन २०१९ मा कोरिया जानेको संख्या ७ हजार भन्दा बढी रहेको थियो । हालसम्म ६६ हजार ८७२ नेपाली इपिएस मार्पmत रोजगारीका लागि कोरिया गईसकेका छन । उकेरा न्युज

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय