Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

“अयोध्या धाम ” प्रचण्ड को मणि मा ओली ज्यु ले पारसमणी जडीदिनुभएको हो ?

 सुलभ बन्धु पोखरेल-       

       नेपाल कम्युनिस्ट पाटी (नेकपा ) का कार्यकारी अध्यक्ष प्रचण्डले मणी बनाउने घोषणा गरे सगै निकै चर्चामा आएको ठाउ हो चितवन को माडी । भैगोलीक रुपमा जटिल र चितवन राष्ट्रियनिकुञ्ज को श्राप परेको यस ठाउलाई मणि बनाउ चुनाबी भाषण गरे जस्तो सजिलो भने छैन। यदी माडीलाई मणीबनाउन पहल गर्ने हो यसको मुख्य पिल्लर पर्यटननै हो ।अझ खुलायर भन्ने हो भने धार्मिक पर्यटन हो। यो यथार्थ लाई बुझेर माडी नगरपालिकाले धार्मिक पर्यटन प्रवर्द्धन मा लागीरहेको बेला प्रधानमन्त्री के पी शर्मा ओली ज्युले यस पावन भुमी राम जन्मभुमि अयोध्या भएको र यसको प्रवर्द्धन लाग्न भन्नु लाई प्रचण्डले बनाउन खोजेको मणि मा पारस जोडेर पारसमणी बनाउन पहल गर्नु भयको भन्ने अर्थमा माडिका जनताले बुझेका छन् ।

                माडी आफैमा एक देवभूमी हो यसलाइ नकार्न सकिदैन । माडी भित्र रहेका धार्मिक स्थलहरु र मनोरम दृश्यका क्षेत्रहरुले धार्मिक पर्यटकिय गन्तव्य हो भनेर स्विकार नगर्नु भने आफ्नै घुडामा बन्चरो हान्नु सरह हुनेछ्। भगवान् रामको जन्मभूमि होला नहोला , सोमेस्वर गढिमा रहेको शिबलिङ्ग हिन्दुधर्मकै सबैभन्दा पुरानो मान्न सकिएला नसकिएला , बाल्मिकि ऋषिले यहि भूमीमा बसेर रामायण लेखेका हुन सक्लान नसक्लान तर सिन्धु सभ्यताको बिकासको चरणमा माडी केहि न केहि बिशेषता बाट अछुतो छैन भन्ने कुरा हजारौ बर्ष पहिला लेखिएका ग्रन्थहरुमा यस क्षेत्रको महिमाले प्रष्ट पारेको छ र हामिले देवबूमी स्विकार्नै पर्दछ्।

            केहि बुद्दिजिबिहरु कम्न्युष्टले धर्म मान्न हुदैन अझ सम्माननीय प्रधानमन्त्री केपि ओलि र पुष्पकमल दाहाल जस्ता उच्च नेताले राममन्दिरको कुरो मुखबाट पनि निकाल्नु हुदैन र माडीका मेयर (नेकपा पाटि प्रदेश कमिटि सदस्य पनि हुनुहुन्छ ) ले माडीमा मन्दिर बन्ने कुराको बहस गर्न पनि हुदैन भन्ने गरेको पाइन्छ । बुद्दिजिबिहरुलाइ थाहा रैछनकि कुन्नि देशमा नास्तिकको जनसंख्या १ प्रतिसत पनि छैन र कम्न्युष्टहरुको मत ६० प्रतिशत भन्दा माथि छ भनेर । जन भावनाको कदर गर्नु गर्नु पर्छ कि पर्दैन होला बुद्दिजिबि ज्यू हरु। ब्यक्तिले मन्दिर , गुम्बा , मस्जिद , चर्च जादिन पूजापाठ गर्दिन भन्न पाउछ तर जननिर्वाचित ब्यक्तिले सस्थागत रुपमा बिरोध गर्न मिल्दैन । केहि ब्यक्तिले माडीका नेकपा नेताहरु र मेयर उपमेयर हरुलाइ धार्मिक भयौ है भनेर खिसिटिउरी गरेको देख्न पाइन्छ तिनिहरु माडीको बिकास बोरोधि हुन । बिरोध गर्नेहरुलाइ ठेड्कामै हालेर भए पनि माडीलाइ धार्मिक पर्यटकिय बिकासका लागी राममन्दिरको निर्माण गर्न आह्वान गर्नु आजको आवस्यकता हो ।

          नेपालमा जन्मिनु भएका भगवान गौतमबुद्द लाइ भारतिय हरुले हाम्रो देशमा जन्मिएका हुन भन्दै प्रचार गरेको देखिन्छ त्यसैगरी भगवान रामको पनि उनिहरुले छलकपट नगरेका होलान भन्न सकिदैन । किनकि पाचपाण्डव , बाल्मिकि आश्रम , सिता भासिएको ठाउ , रामसिता गुफा ,सोमेस्वरगढि आदि हामिसग साक्षिछन । त्यसैले यसको बृहत अध्ययन हुन जरुरी छ । हजारौ बर्ष पहिला लेखिएका ग्रन्थहरु अहिले कति बिज्ञान सम्बत छन भनेर कसि लागाउन पर्ने बहस उठ्न सक्ला तर धर्मग्रन्थले हजारौ बर्ष पहिला चित्रण गरिएका चिजहरु जुन बिज्ञानले पनि नकार्न सकेको छैन त्यसलाइ मै हु भन्ने नास्तिकले पनि स्विकार्नै पर्छ । माडीलाइ धार्मिक पर्यटकिय क्षेत्र बिस्तार गर्दा यहा मन्दिर वरिपरी मगन्तेकोभिड बड्दछ भन्ने बहस उठाएको देखिन्छ । तर त्यसको त सामाधान गर्नै पर्छ नि ।

                             इन्डोनेसियामा बाली क्षेत्र , शुभद्रा क्षेत्र तेस्तै कम्बोडियामा एंकोरबाटा क्षेत्र यस्तै मलेसियामा क्याम्रुन हाइल्याण्ड क्षेत्र मा हिन्दुधर्म का ठुला ठुला मन्दिए निर्माण गरेर पर्यटक को घुइचो लगाएका छन । यसबाट हामिले पाठ सिक्दै बृहत्तर योजना सहित माडीलाइ बिकासको गतिमा अगाडी बढाउन सदुपयोग गर्नै पर्छ्। निकुञ्ज को समस्या , गरीबीको समस्या , बिकासको समस्या आदि हल गर्दै जनभावनाको कदर गर्दै समग्र माडीलाइ धार्मिक पर्यटकिय बिकासमा अयोध्याधामले ठुलो टेवा दिनेछ । तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको सहयोगमा माडीको सोमेस्वरगढि लाइ पर्यटकिय गन्तब्य भित्र सुचिकृत गरिनु तेस्तै देशकै मुर्तिकारहरुको मनमोहक कलाले टेवा दिदा र धार्मिक ग्रन्थको उल्लेखनिय बढोत्तरीले यस क्षेत्रको प्रचार ह्वात्तै बढेको नजिर हामि सगै छ यस्तै चौधरी ग्रुप को शास्वेतधाम (cg) ले पाएको पर्यटक आखै अगाडी छन । एस्तो सम्भबनाको बिकास हुन खोज्दा बिरोधका लागी बिरोध नगरी माडीलाइ मणी बनाउन जुट्नुको बिकल्प छैन । जय  सिता राम

सुलभ बन्धु पोखरेल-       

लेखक चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिती को केन्द्रीय सदस्य हुनुहुन्छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय