Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको बिमानस्थलमा अलपत्र नेपाली र ब्यबस्थापन पक्ष बिच सम्झौता, सम्झौता यस्तो छ ,

सउल दक्षिण कोरिया

दक्षिण काेरियाकाे इन्छन विमानस्थलमा छिरेका ३७ नेपालीलाई जहाजले बाेक्न नमानेपछि शुक्रबार विहान अलपत्र परेका नेपालीहरु लाई अर्को उडान नहुनुन्जेल सम्म सम्बन्धित ट्राभल एजेन्सीले खान बस्नको व्यवस्था गर्ने भएको छ।स्रोतका अनुसार पिसिआर रिपोर्ट कसैको पुरानो भएको, अंग्रेजीमा नलेखिएको,कसैकाे रिपोर्टमा मिति नलेखेकाे,कसैको रिपोर्ट स्पष्ट नभएको आदि कारणले जहाजले उनीहरूलाई बाेक्न नमानेपछि यस्तो अवस्था आएको थियो।

विमानस्थलमा पुगे पनि नेपाल जानबाट बञ्चित पारिएकोमा नेपाली राजदूतावास एन आर एन कोरिया र के एम ई कम्पनी लिमिटेडको व्यापक विरोध भएको थियो। नेपाल सरकारले भदौ 16 देखि कोरिया बाट पनि नियमित उडान गर्ने सरकारको तयारी भएतापनि यसको कार्यान्वयन भने भएको छैन अहिलेपनि चार्टड प्लेन बाट नै चर्को मूल्य तिरी नेपाल जानुपर्ने बाध्यात्मक अवस्था आएको छ। नियमित उडान गर्नुपर्ने सर्वत चर्को दबाब भएतापनि यहाँ रहेको राजदुतावास भने मौन छ।

ट्राभल व्यवस्थापक र अलपत्र परेका नेपालीहरुको लिखित सम्झौतामा अर्को फ्लाईट नहुँदा सम्म खाने बस्ने व्यवस्था,२३+२३+१० लगेज लान पाउने साथसाथै पि सि आर टेस्टको लागि पचास प्रतिशत समेत छुट दिने उक्त हस्ताक्षरित पत्रमा देख्न सकिन्छ। हस्ताक्षर गर्नेमा के एम ई रेमिटका व्यवस्थापक विनोद कुँवरले गरेका थिए भने पीडित पक्ष बाट किरण बान्तवा सरोज गुरुङ सरोज खड्का केशव गैरे प्रभाव शाहीले हस्ताक्षर गरेका छन्।

त्यस्तै नेपाल जानबाट बञ्चित भएका नेपालीहरूको समस्या र सामाधानको निमित्त जनसम्पर्क समिति निवर्तमान सभापति गिरिराज कुँवर र पूर्वसभापति नवराज सिवाकोटी लगायतका व्यक्तिहरु इन्छन विमानस्थल पुगेका थिए।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय