Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको इन्छन एअरपोर्टमा ३९जना अलपत्र नेपालीलाई  पुरानै टिकटमा नेपाल पठाउने पहल गर्दै दूतावास ( भिडियो सहित)

सौल दक्षिण कोरिया ,

 दक्षिण कोरियामा श्रम गर्न आएका नेपालीहरु  सम्पुर्ण प्रक्रिया पूरा गरेर नेपाल फर्किनको लागि एअरपोर्ट पुगेर पनि  ३९ जना नेपालीहरु जहाजमा उढ्न पाएनन । उनिहरुलाई एअरपोर्टमै अलपत्र पारेर जहाज उडेको छ ।
अलपत्र परेका नेपालीहरुका अनुसार हामीले सम्पुर्ण प्रक्रिया पूरा गरेको र हाम्रो पक्षबाट कुनै त्रुटि नहुदा नहुदै ब्यबस्थापन पक्षले उचित समन्वय नगरिदिएकोले हामी नेपाल उड्न नपाएको तथा  हामीहरुलाई ब्यबस्थापन पक्षले पक्षपात गरेको भन्दै उडान ब्यबस्थापन पक्षलाई दोषि देखाएका छन । भने उडान ब्यबस्थापनले उनिहरुको पिसिआर रिपोर्टमा त्रुटि भएको कारण जहाजले उडान गर्न नमानेको भनाई छ तथा नेपाली राजदुतावास सउलले नेपाल सरकारले पिसिआर रिपोर्ट अनिवार्य गरेको र यदि पिसिआर रिपोर्ट अस्पष्ट भएको खण्डमा उक्त जहाज कारबाहिको भागीदार हुनुपर्ने छ भनेको छ । पिसिआर रिपोर्ट स्पष्ट नहुनेहरु नेपाल सरकारले तोकेको क्वारेन्टाइनमा बस्नुपर्ने जनाएकोले उक्त जहाजमा जाने अन्य ब्यक्तिहरु पनि क्वारेन्टाइनमा बस्नुपर्नेछ । त्यसैले जहाजले उनिहरुलाई उडाउन नमानेको हो । तर नेपाली दूतावासले उनिहरुलाई पुरानै टिकटमा नेपाल फर्काउने कुराको पहल अगाडि बढाईएको जनाको छ ।
  तर अलपत्र नेपालीहरुले ब्यबस्थापन पक्षले पुरानै टिकट मुल्यमा नेपाल नपठाउने ब्यबस्था नगरिएसम्म एअरपोर्टमै धर्ना दिने जनाएका थिए । उनिहरु एक रात एक दिन एअरपोर्टमा धर्ना दिएको तर शुक्रवार बेलुकी ९ बजेतिर उडान ब्यबस्थापन गरेको के एम इ ट्राभलले होटलमा लगेर ब्यबस्थापन गरेको छ ।
नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय बाट भदौ १६ गतेदेखी नियमित उडान खोलेको थियो भने कोरियन एअरले प्रत्येक शुक्रबार नेपाल जाने अनुमती पाएको भए पनि नियमित रुपमा हुने गरेका उडानको जसरी टिकट खुल्ला गरि बिक्री गरिएको थिएन।
यस अगाडि कोरियामा नेपाल जानुपर्ने नेपालीहरुलाई कोरियादेखी नेपालसम्म उडानको लागि समन्वय तथा ब्यबस्थापन  गर्दै आएको एन आर एन ए कोरिया र के एम इ ट्राभलले नै उडानको ब्यबस्थापन गरेको भन्ने सर्वसाधारणको बुझाई थियो । तर शुक्रबार ३७जना नेपाली एअरपोर्टमा अलपत्र नेपालीको स्थिति आउनासाथ बिगतमा सहकार्य ब्यबस्थापन गरिएपनी यो फ्लाईटमा सहकार्य नभएको एन आर एन ए कोरियाले प्रेस बिज्ञप्ति मार्फत जनाएको छ ।

 साथै एन आर एन ए कोरिया अलपत्र नेपालीलाई  पुरानै टिकटमा सफलताका साथ नेपाल प्रवेश गराउनेमा समन्वय गर्ने जनाएको छ । सरकारले नियमित उडान गर्ने भनेपछी एन आर एन ए कोरियाले चार्टर्ड उडानको औचित्य नरहेको भन्दै उडान ब्यबस्थापनमा चासो नदेखाएको एन आर एन ए कोरियाका उपाध्यक्ष यदु लामिछानेले बताए ।              अलपत्र नेपाली एअरपोर्टबाट यसो भन्छन भिडियो हेर्नुहोस

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय