Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियाको राजधानी सिओलमा चल्ने सिटी बसका २ जना चालकमा कोरोना पुष्टि

एजेन्सी
सिओल —
कोरियाको राजधानी सिओलमा चल्ने सिटि बसका चालकमा कोरोना पोजेटिभ देखिएको छ ।
सहकर्मीलाई शुक्रवार कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका २ जना बस चालकमा परिक्षणका क्रममा आईतवार कोरोना पोजेटिभ देखिएको सिओल महानगरलाई उद्धृत गर्दै कोरियाली संचार माध्यमले जनाएका छन् ।
उनिहरु तीनै जना सिओलमा चल्ने बोसङ यातायातमा कार्यरत रहेको बताईएको छ ।
उक्त यातायातमा कार्यरत १ सय ९२ जनामा परिक्षण गरिएकोमा १ सय ८९ जनामा भने संक्रमण नदेखिएको महानगरको भनाई छ ।
ती चालकले बस नम्बर ५६१८ र ६५१२ नम्बरका बसहरु गुडाउँदै आएका थिए । उनिहरुमा संक्रमण पुष्टि भएपछि चार घण्टा सम्म ती २ ओटा बसको सेवा समेत रोकिएको थियो ।
शुक्रवार कोरोना पोजेटिभ देखिएका चालकले विहिवार परिक्षणका लागि श्वाब संकलन गराए पश्चात पनि ८ घण्टा सम्म बस चलाएका थिए । उनमा बुधबार नै संक्रमणको लक्षण देखिएको पाईएको छ ।
बसमा रहेको सिसीटिभि फुटेजमा उक्त बसमा चढ्ने सबै यात्रुले मास्क लगाएको र चालकसँग नजिक भएको नपाईएकाले कोहि यात्रुलाई पनि कन्ट्याकमा नराखिएको महानगरको भनाई छ ।
ती दुई बसहरु सिओलको दक्षिण पश्चिम क्षेत्रमा चल्ने बसहरु भएको यातायाता कार्यालयले बताएको छ ।
६५१२ नम्बर बस सिओल नेस्नल युनिभर्सिटि, सिल्लीम स्टेसन र गुरो डिजिटल कम्प्लेक्स लाईनमा चल्ने बस हो । त्यस्तै ५६१८ नम्बरको बस गरिबोङ—दोङ, गुरो—गु, सिनखिल—दोङ, योङदोङपो—गु लगायतका रुटमा चल्ने बस हो ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय