Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा दोस्रो चरणको कोरोना फैलने क्रम तिब्र , आज पांच महिना यताकै ठुलो मात्रामा कोरोना पुष्टि

कोरियामा दोस्रो चरणको कोरोना फैलिने त्रास बढीरहेको छ ।आज दक्षिण कोरियामा ३३२ जना कोरोना संक्रमितहरु फेला परेका छन् । ति मध्ये ३१५ जना स्थानिय संक्रमित रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ । यस सँगै दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या १७,००२ पुगेको छ । विदेशबाट सङ्क्रमण भएर आउनेको सङ्ख्या १७ रहेको छ।संक्रमण बढेसँगै सरकारले राजधानी सोल लगायतका संक्रमित बढेका क्षेत्रमा दोश्रो तहको सुरक्षात्मक ब्यवस्था लागु गरेको छ ।

राजधानीको साराङ जेल नामक चर्चबाट गत हप्ता देखि सुरुभएको कोरोनाको लहरले महामारीको रुप लिने संकेत गरेको छ । चर्चमा कति सदस्यहरु आवद्ध छन भन्ने यकिन तथ्याङक प्राप्त गर्न हाल सम्म पनि सरकार असफल छ ।
स्वास्थ्य अधिकारीहरुले पछिल्लो कोरोना भाईरस फैलिएको साराङ जेल चर्चका मण्डलीको सूची तयार पार्न शुक्रवार सम्म पनि असफल भएका छन् ।चर्चले सरकारलाई उपलब्ध गराएको सूचीमा ९ सय जना मात्र चर्चका सदस्यहरु रहेको उल्लेख छ ।तर उक्त तथ्याङक गलत भएको भन्दै आधिकारीक तथ्याङक लिन सरकारका अधिकारीहरु चर्चको मुख्यालयमा पुगेका थिए ।

विहिवार साँझ खोज तलासको सरकारी वारेण्ट बोकेर प्रहरीसँग चर्च पुगेका अधिकारीहरुलाई चर्चमा भित्र छिर्न दिईएन ।१० घण्टा सम्मको प्रयासका वावजुद पनि चर्च भित्र प्रवेश गर्न नसकेपछि सरकारी अधिकारीहरु रित्तोहात फर्किएका थिए ।
उक्त चर्चका पास्चर जुन ख्वाङ ह्यून जसले शनिवार भएको वृहत सरकार विरोधी आनदोलनको नेतृत्व गरेका थिए । मध्य सिओलमा भएको उक्त आन्दोलनमा कम्तिमा २० हजारको सहभागिता रहेको प्रहरीको अनुमान छ ।

आन्दोलनमा चर्चका अगुवा र उनिहरुका राजनैतीक कार्यकर्ताहरु देशभरीका गाउँ गाउँबाट राजधानी सिओल पुगेका थिए । यो समुहमा उक्त चर्चका कतिले भाग लिएका थिए भन्ने यकिन छैन् । तर सोहि आन्दोनमा सहभागि भएका पास्चर जुनलाई भने कोरोना पोजेटिभ देखिएको छ ।सरकारी अधिकारीहरु चर्चको शाखा शङबोकको उत्तरी क्षेत्रमा पर्ने एक चर्चमा विहिवार साँझ ५ बजेतिर पुगेर सदस्यहरुको तथ्याङक संकलन गर्ने प्रयास गरे पनि सुरुमा प्रवेश गर्न दिईएन । विहान पनि उनिहरु चर्चमा प्रवेश गर्न असफल भएर फर्किएका थिए । बल प्रयोग गरेर साँझ ८ बजे चर्चमा प्रवेश गरेर विहान ३ बजे सम्म खोजतलास गरिएको थियो ।
चर्चमा खोजतलास भईरहेका बेला बाहिर ३० भन्दा बढी चर्च समर्थकहरु थिए । सोहि समयमा केहि युटुवरहरुले प्रहरीले चर्च भत्काउन लागेको भन्दै गलत भिडियो राखेर चर्च समर्थकहरुलाई आतङकीत बनाएका थिए ।
चर्चका सदस्यहरु ९ सय मात्र भएको विवरण प्राप्त भए पनि त्यो सत्य नभएको सरकारी अधिकारीहरुको भनाई छ ।
तर चर्चकी वकिलले भने चर्चले आधिकारीक विवरण पेश गर्दा पनि सरकाले बल प्रयोग गरेको आरोप लगाएकी छन् ।
चर्चसँग परिचित एक व्यक्तिका अनुसार चर्चका सदस्यहरुको जम्मा संख्या २ देखि ३ हजार सम्म्म रहेको हुन सक्ने अनुमान छ । तर चर्चले पठाएको एउटा म्यासेज ४ हजार जनालाई पठाईएको पाईएको छ ।
शुक्रवार विहान सम्ममा चर्चको सम्पर्कमा आएका ७ सय ३२ जनामा कोरोना पुष्टि भईसकेको छ ।
उक्त चर्चमा सरकारका प्रतिपक्षी दलहरुका महत्वपुर्ण वैठकहरुपनि भईरहने भएकाले कतिको आवतजावत थियो भन्ने यकिन नै छैन् ।
उक्त चर्चबाट कोरोना फैmिनु भन्दा पहिलेका केशमा हरेक कोरोना संक्रमितको लिङक सरकारसँग हुने गरेपनि अहिले भने कहाँ कहाँ कोरोना संक्रमितहरु पुगे भन्ने आाकडा छैन् । त्यसै कारणले पनि कोरीयामा कोरोना संक्रमणको दोस्रो महामारी जटिल बन्ने देखिन्छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय