Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

काेरियाकाे राजधानी सौलमा शुक्रवार देखि लागु हुने गरी १० जना भन्दा बढि मानिस जम्मा हुन प्रतिबन्ध

सौल – दक्षिण काेरियाकाे राजधानी सौलमा शुक्रवार देखि लागु हुने गरी १० जना भन्दा बढि मानिस जम्मा हुन प्रतिबन्ध गरिएकाे छ । अगष्ट २१ शुक्रवार देखि अगष्ट ३० सम्मका लागि उक्त नियम लागु गरिएकाे सउल नगरपालिकालाई उधृत गर्दै काेरियाली संचार माध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियामा कोरोना सनक्रमणले नयाँ रुप लिएपछि यहाँकाे सरकारले उक्त नियम लागु गरेकाे हाे ।सरकारले सउल क्षेत्रमा र्याली, जुलुस लगायतका कार्यक्रम गर्न पनि निषेध गरेकाे छ । सरकारी नियमकाे उल्लङ्घन गरेकाे पाईएमा ३० लाख काेरियन वन जरिवाना सहित अन्य थप कारवाही गरिने बताईएकाे छ ।

गत शनिवार राजधानी सिओलमा गरिएकाे सरकार विराेधी जुलुसका कारण काेरियामा दाेस्राे चरणकाे काेराेना भाईरसकाे महामारी फैलिने त्रास बढेकाे छ ।परम्परावादी पास्टर जुन ख्वाङ ह्युनले नेतृत्व गरेकाे उक्त र्यालीमा ठुलाे संख्यामा बृद्व उमेरका मानिस सहभागी भएकाले संक्रमित बढ्ने चिन्ता बढेकाे छ ।
हाल सम्म ह्युनकाे चर्चमा सहभागी ६ सय ३७ जनामा संक्रमण पुष्टि भईसकेकाे छ ।र्यालीमा सहभागी भएका १८ जनालाई संक्रमण देखिईसकेकाे बताईएकाे छ । भिडियो हेर्नुहोस

https://tv.kakao.com/v/411722537

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय