Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

प्रबासी नेपाली एकता मन्च कोरियाले तत्काल राजदुत नियुक्त गर्नुपर्ने बिषय उठायो

राजु श्री

  • नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को प्रबास संगठन प्रबासी नेपाली एकता मंच द.कोरिया ले विभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै आफ्नो केन्द्रिय समितिको बैठक सम्पन्न गरेको छ ।

यहि अगस्ट २ तारिक आइतबारका दिन राजधानी सौलमा भएको उक्त बैठकले आफ्नो संगठन भित्रका नियमित छलफल प्रक्रियाका अलावा केन्द्रको पछिल्लो राजनैतिक गतिबिधि, लामो समय देखि कोरियामा राजदुत रिक्तता ,कोरोना माहामारी, चार्टर उडान जस्ता बिषय हरुमाथी व्यापक छलफल गर्दै सम्बन्धित निकायमा संगठनको तर्फबाट सुझाब पठाउने निर्णय गरेको छ ।कोरोना माहामारीका कारण निकै लामो समय पश्चात् बसेको बैठक ले संगठन भित्र रिक्त रहेका स्थानहरु लाइ पुर्णता दिदै आगामी दिनमा संगठनलाई अझ शशक्त बनाएर लैजाने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।

साथै पछिल्लो केही महिना देखि केन्द्रमा भएको राजनैतिक अन्योलता लाइ जतिसक्दो छिटो सुरक्षित अवतरण गराएर सन्सार भर रहेका आफ्ना कार्यकर्ता ,शुभेच्छुक र आमजनता हरुलाइ सुखद समाचार दिलाउन अपिल गर्दै उपस्थित सम्पुर्ण केन्द्रिय सदस्यहरुले आफु दृढ रुपमा पार्टी एकताको पक्षमा रहेको बताए ।त्यस्तै कोरियामा लामो समय देखि रिक्त रहेको राजदुत नियुक्ति प्रक्रिया लाइ पनि जतिसक्दो छिटो पुर्णता दिलाउन आग्रह गरिएको छ । झन्डै ५० हजार भन्दा बढी नेपाली रहेको कोरियामा यसरी लामो समयसम्म राजदुत नियुक्ति गर्न नसक्दा कुटनैतिक क्षेत्रमा नेपालको छबि समेत नराम्रो हुने र स्वयं नेपाली हरुले समेत अबिभाबक बिहिनताको महसुस गर्ने गरेको कुरा अध्यक्ष दिलिप धिताल ले आफ्नो मन्तब्यमा बताए ।

कोरोना माहामारी पश्चात् कोरियामा रहेका नेपालीहरुमा विभिन्न किसिमका समस्याहरु उत्पन्न हुँदै गर्दा संगठनको तर्फबाट सहयोगको अथक प्रयास हरु हुँदै आइरहेको जानकारी दिदै छुट्टी ,भिषा प्रक्रिया र अन्य कुनै समस्यामा हरु भएमा संगठन जुन्सुकै सहयोग गर्न पनि तयार रहेको केन्द्रिय सदस्य तथा एन. सी. सी. का अध्यक्ष श्री श्रेष्ठले जानकारी दिए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय