दक्षिण कोरियामा छुट्टाछुट्टै कारण बाट एक हप्तामा ३ जना नेपालीको मृत्यु भएको छ l
गत मंगलवार मोरङका ओम प्रकाश माझि आफ्नै कम्पनिको बासस्थानमा मृ’त फेला परेका थिए l सोमबार साझ घरपरिवार संग गफ गरेर सुतेका उनि मंगलवार बेलुका मृ’त भेटिएका थिए l
कम्पनीको होस्टेलमा एक्लै बस्दै आएका उनि मंगलवार साझ सम्म पनि नउठेपछि खोजि गर्ने क्रममा मृ’त फेला परेका थिए lकोरियाको आन्सानमा कार्यरत माझि पहिलो कार्यकाल सकी पुनः आएको पनि ३ बर्ष पुगेको थियो l ३८ बर्षीय माझीको परिवारमा बाबुआमा श्रीमती तथा १ छोरा समेत रहेका छन् l
त्यसैगरी बिहिबार कोरियाको फारन स्थित आनसानमा कार्यरत अर्घाखाँचीका २३ वर्षिय विक्रम पाण्डे आफ्नै काम गर्ने कम्पनिको छतको कोठामा झुन्डिएको अबस्थामा अवस्थामा मृ’त फेला परेका छन् l
अर्घाखाँची सम्पर्क मंचका अध्यक्ष सुन्दर पन्थीका अनुसार उनि कोठामा झुन्डिएको अवस्थामा दिउसो १२ बजे मृ’त फेला परेका हुन । प्रहरीले मुचुल्का उठाई शवलाइ स्थानिय अस्पतालमा राखेको छ ।
अविबाहित पाण्डे ३ वर्ष अगाडि कोरियामा आएका थिए । मृ’त्युको कारण आत्मह’त्या भएको प्रहरीको प्रारम्भिक अनुशन्धानले बताएको छ । आवश्यक प्रक्रिया पुराएर छिटो भन्दा छिटो शवलाई नेपाल पठाउन पहल गरिने अध्यक्ष सुन्दर पन्थीले बताएका छन् ।
त्यस्तै रोजगारीको शिलशिलामा दक्षिण कोरिया आएका आर्का एकजनाको पनि बिहिबारनै मृ’त्यु भएको छ l कोरियाको मक्पो स्थित थेबुलमा कार्यरत कास्की लेखनाथ नगरपालिकाका ओम प्रकाश घर्तीको हृदयघा’त कारण आकस्मित मृ’त्यु भएको मक्पो चौतारीका अध्यक्ष रोशन पौडेलले जानकारी दिएका छन l
करिब ४५ बर्षीय घर्ति १० बर्ष अघि कोरिया आइ अबैधानिक रुपमा बस्दै आएका थिए l उनि काम गर्ने अबस्थामा केहि अफ्थ्येरो महसुस भएपछी आराम गर्न निस्किदै गर्दा एक्कासी ढलेका थिए l तुरुन्तै अस्पताल पुर्याइएता पनि उनलाई अस्पतालले मृ’त घोषणा गरेको थियो l बिबाहित घर्तीका नेपालमा श्रीमती र २ सन्तान समेत रहेको बुझिएको छ l
सियोल स्थित नेपाली दुतावासले ३ वटै घटनाको पुष्टि गरेको छ l घटनाको बारेमा जानकारी आएको बताउदै श्रम कन्सुलर डिल्लीराम बास्तोलाले कोभिड १९ का कारण शव नेपाल पठाउन अलिकति असहज हुनसक्ने बताउनु भयो l
हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा बास्तोलाले “सार्है दुखत घटना घटेको बताउदै नियमित उडान हरु बन्द छन् l चार्टर्ड उडानको पनि खासै टुङ्गो छैन l यो अबस्थामा नेपाल शव पठाउन अलिकति अफ्थ्येरो हुन्छ कि भन्ने हामी महसुस गरिरहेका छौ l तैपनि घरपरिवारको इच्छा अनुसार नेपाल पठाउन हामी कोसिस गर्नेछौ l” असहज परिस्थितिमा घरपरिवार बाट अनुमति भए यतै पनि दाहसस्कार गर्न सकिने उहाको भनाइ छ l