Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

इपिएस कामदारको आन्दोलन ,उडान खोलेर कोरिया जाने वाताबरण सृजना गर्न माग

रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरिएको छ ।

कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रदर्शनमा सहभागीले कि रोजगारी दिुनपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमीत गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए । प्रदर्शनमा सहभागी सागर अधिकारीले आफ्ना माग पूरा नभए चार हजार ५०० युवाहरुले आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् ।

२ हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे ३ हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरुले बताएका छन् । रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको सिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरि देवकोटाले बताए । सरकारले आफ्ना मागहरु पूरा नगरे पूर्ण रुपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए ।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाका लागि अन्तर्राष्ट्रिय उडान सुचारु गर’, गरी खान दे सरकार, ‘उडान खोली जान दे सरकार’,‘प्रधानमन्त्रीज्यू, बाले गरिखाने थलो बेचे, हामीलाई गरिखाने थलो जान देउ’, ‘सरकार सक्छौ भने देशमै देउ रोजगार, सक्दैनौं भने लाखौं बेरोजगार युवाहरुको भविष्य नबिगार’ नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

Trip
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय