Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरियामा २०२१ को लागी तलव बृद्दीको बहस जारी यस्तो माग छ मजदुर संगठनको

कोरोना संक्रमणका कारण थलिएको अर्थतन्त्रका कारण व्यापार व्यवसाय नराम्ररी प्रभावित भइरहेका बेला दक्षिण कोरियामा कर्मचारी मजदुरले पाउने न्युनतम पारिश्रमीकको विषय चर्चामा आउन थालेको हो ।हालै दक्षिण कोरियामा रहेको मजदुर संगठनले सन् २०२१ मा कर्मचारी मजदुरको न्युनतम पारिश्रमीक बढाउन माग गरे पछि उक्त विषय ‘ हटकेक ‘ भएको हो ।दक्षिण कोरियाली मजदुर संगठनले कर्मचारी मजदुरको तलव भत्तामा न्युनतम २५ प्रतिशत बढाउन गर्न माग गरेको छ ।

यता व्यापार तथा व्यवसायीहरुले भने कोरोना संक्रमणले व्यवसाय थला परेको कारण जनाउदै न्युनतम पारिश्रमीकमा वृद्धि गर्न नसकिने बताउदै आएको छ ।हाल दक्षिण कोरियाको न्युनतम आय ७.१७ अमेरिकी डलर अर्थात ८५ ९ ० वन रहेको छ । न्युनतम पारिश्रमिकको चर्चा चुलिदै गए पश्चात श्रम तथा रोजगार मन्त्रालयमा ब्यवसायी , मजदुर तथा सर्वसाधारण प्रतिनिधि सम्मिलित २७ सदसीय प्रतिनिधि मण्डलको वार्ता समेत बसेको थियो ।सन् २०२० मा २ पटक रोकिएको न्युनतम ज्याला सम्बन्धि वार्ता यस पटक भने अगाडी बढेको छ ।

वार्तामा मजदुर संगठनहरुका प्रतिनिधिहरुले मजदुरको न्युनतम पारिश्रमिक १०,७७० वन प्रति घण्टा हुनुपर्ने बताएका छन् भने व्यापारीक संगठनका प्रतिनिधिहरुले भने २.१ प्रतिशत  घटाउनुपर्ने अडान  लिएका छन ।

वार्ता  पश्चात आ आफ्नो धारणा  सहितको प्रतिवेदन व्यापारिक संगठन तथा मजदुर संगठनले एक अर्कालाई बुझाएका छन् ।विस्तृत छलफल पश्चात उक्त विषयलाई टुङ्गामा पुर्याईने बताउदै बैठक सकिएको उनीहरुले बताएका छन् । दुबै तर्फको निर्णयका आधारमा श्रम तथा रोजगार मन्त्रालयले आगामी अगष्ट ५ सम्ममा न्युनतम तलव सम्बन्धी नयाँ व्यवस्था लागु गर्ने छन् ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय