Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

२०२१ मा श्रमिकको न्युनतम ज्याला कति होला त ?

उदय राई/सियोल

कोरिया मा २०२१ का लागि मजदुर को न्युनम ज्याला निर्धारण गर्न बसेको ज्याला निर्धारण समिति को दोस्रो बैठक मा केसिटियुले कोरियामा मजदुर को न्युनतम ज्याला प्रतिघण्टा १०,७७० वन हुनुपर्ने माग राखेको छ ।

Trip

ज्याला निर्धारण समिति को अर्को बैठक भोलि २९ तारिख बस्ने भएको छ । ज्याला निर्धारण समिति मा सरकार पक्ष बाट ९ जना रोजगार दाता पक्ष बाट ९ जना र मजदुर पक्ष बाट ९ जना सहभागी रहेका छन ।

सरकार पक्ष र कम्पनी व्यवसायी हरुले कोरोना को असर का कारण ज्याला बढाउन नसकिने भनेको छ भने मजदुर युनियन केसिटियुले कोरोना को महामारी मा सबै भन्दा बेसी मारमा पर्ने न्युनतम ज्याला लिएर जिविकोपार्जन गर्ने मजदुर हुन ।

त्यसकारण धेरै न्युनतम ज्याला निर्धारण गर्नु पर्ने माग गरेको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय