Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

कोरियाले सुरु गर्यो एयरपोर्टमा रोवोट द्वारा ज्वरो नाप्ने स्वचालित प्रविधि !

गुरुदत्त न्यौपाने / सउल

ईन्छन अन्तरास्ट्रिय विमानस्थल कर्पोरेशनले दक्षिण कोरियाको ईन्छन अन्तरास्ट्रिय विमानस्थलमा सुविधासम्पन्न स्वचालित ज्वरो नाप्ने रोवोट प्रयोगमा ल्याएको छ।

कोरोना भाईरसको सङ्क्रमण जोखिम लाई मध्यनजर गर्दै एयरपोर्ट अपरेटर द्वारा एयरपोर्टको डिपाचर हलको टर्मिनल १ र २ मा उच्चस्तरिय प्रविधिको प्रयोग गरिएको किसोक नामक स्वचालित ज्वरो नाप्ने रोवोट सन्चालनमा ल्यायको छ।

एयरपोर्ट टर्मिनल १ मा चारवटा र टर्मिनल २ मा १ वटा रोवोट मार्फत यात्रुहरुको ज्वरो नाप्न थालिएको एयरपोर्ट अधिकारीहरुले बताएका छन।

यात्रुहरुको ज्वरो उच्च देखिएमा रोवोर्टले आवाज सहित उच्च ज्वरो देखिएको एलर्ट म्यासेज स्कृनमा देखाउछ।प्रयोगमा ल्याईएका रोवोर्टले ज्वरो नाप्ने तथा यात्रुलाई हाते स्यानिटाईजर प्रदान गर्छन।

Trip

एयरपोर्टमा यस्ता उच्चतम प्रविधिको प्रयोग गरिएसंगै एयरपोर्ट कर्मचारीहरु थप सुरक्षित महशुस गरेका छन भने यात्रु यात्रु बिचको सम्पर्क कम हुने भएकोले कोरोना फैलावट रोक्न यो विधीले थप टेवा पुर्याउने एयरपोर्ट अधिकारीहरुको विश्वास छ।

उत्तर कोरिया नसच्चिए उसले ठुलो मुल्य चुकाउनुपर्छ – दक्षिण कोरिया

सोल – दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै पछिल्ला दिनहरुमा उत्तर कोरियाले गरिरहेका गतिविधिहरुको कडा रुपमा भर्त्सना गरेको छ । राष्ट्रपति कार्यालयद्वारा जारि विज्ञप्तिमा उत्तर कोरियाका गतिविधिलाई अर्थहीन तथा निन्दनीय भएको बताउदै सच्चिन चेतावनि समेत दिएको छ ।

हाल जारी गतिविधि जारी राखेमा सहेर नबस्ने समेत बताएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईनले उत्तर कोरियाका गतिविधिलाई औचित्यहीन भएको बताउदै संयमित हुन भने लगत्तै उत्तर कोरियाका तर्फबाट किम जोङ उनकी बहिनी किम यो जोङले कडा प्रतिकृया दिएकि थिइन् ।

उनले मुनको प्रतिकृयालाई लाज पचेको तथा फूल दिएर फकाउने प्रयास भन्दै प्रतिकृया दिएकी थिईन् । मुनले उत्तर दक्षिण कोरिया सम्बन्ध पछाडी फर्कन नहुने बताउदै संवाद र सहकार्यबाट अझ सुमधुर बनाउनुपर्ने बताए पनि उत्तरले निरन्तर आफ्ना कटु वचनको सिलसिला जारी नै राखेको बताउदै हरेक घटना , परिघटनाको एक निश्चित सिमा हुने तथा सिमा नाघे पश्चात कोहि चुप लागेर नबस्ने समेत बताएका छन् । अब उत्तरले दुई देशको सम्बन्धमा दरार ल्याउने कुनै पनि गतिविधिलाई सहेर नबस्ने समेत स्पस्ट पारेको छ ।

उत्तर कोरियाले हालै ध्वस्त पारेको सम्पर्क केन्द्र प्रति लक्षित गर्दै दक्षिणले यौटा गम्भिर राजनैतिक गल्तिको संज्ञा दिएको छ । दक्षिणले भनेको छ , उत्तरको नाटकवाजी गर्ने पुरानै परम्परा भएता पनि अब ति नाटकले काम नगर्ने समेत स्पष्ट पारेको छ । किम जोङ उन हाल विश्वभर अविश्वसनिय नेताको रुपमा चिनिने गरेको बताउदै उनको छवि थप भयानक नबनाउन समेत दक्षिण कोरियाले चेतावनी दिएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय