Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

उत्तर कोरियाद्वारा दक्षिण कोरिया सँगको ‘संयुक्त सम्पर्क कार्यालय’ ध्वस्त,तनाव बढने सम्भावना

उत्तर कोरियाले सीमावर्ती सहर गेसङमा दक्षिण कोरियासँग मिलेर बनाइएको दुई देशबीचको एउटा संयुक्त सम्पर्क कार्यालय ध्वस्त पारेको दुवै पक्षहरूले पुष्टि गरेका छन्।उत्तर कोरियाको सेनाले दुई देशलाई विभाजन गर्ने असैनिकीकृत क्षेत्र (डीएमजी) प्रवेश गर्न तयार भएको चेतावनी दिएको केही घण्टापछि उक्त घटना भएकाे बिबिसीले जनाएको छ ।उत्तर कोरियाली भूमिमा रहेको उक्त कार्यालय दुई देशबीच संवादका लागि सन् २०१८ मा स्थापना गरिएको थियो।

कोभिड-१९ का कारण लगाइएका प्रतिबन्धका कारण उक्त कार्यालय ज्यानुअरी महिनादेखि बन्द थियो।

 

किन चेतावनी?

 

यसअघि उत्तर कोरियाबाट भागेर दक्षिण कोरियामा आश्रय लिइरहेका मानिसहरूको समूहले उत्तरतर्फ सङ्गठित रूपमा प्रचारात्मक सामग्री पठाइएको प्रत्युत्तरस्वरूप प्योङ्याङले डीएमजीमा सैनिक पठाउने चेतावनी दिएको थियो ।सप्ताहान्तमा उत्तर कोरियाली नेता किम जङ-अनकी बहिनी किम यो-जङले त्यस्तो कदमका लागि तयार रहन आदेश दिएको बताएकी थिइन्।यतिखेर सेनाले आफ्ना ‘अग्रमोर्चालाई किल्लाको रूपमा बदल्न र सैन्य निगरानीलाई बढाउन’ तयार रहेको बताएको छ।असैनिकीकृत क्षेत्र सन् १९५० को दशकमा भएको कोरियाली युद्धपछि कोरियाको सीमारेखा हो।

Trip

 

 

तनाव किन बढ्यो?

 

केही समययता दुई देशबीच खासगरी बलूनमार्फत् सीमापारि पठाइने पर्चाका कारण तनाव चुलिएको छ।त्यो गतिविधिबाट क्रुद्ध बनेको प्योङ्याङले गत साता दुई देशका नेताहरूबीच स्थापित हटलाइन सेवासहित दक्षिण कोरियासँगका सबै सम्पर्क सञ्जालहरू बन्द गरेको थियो।दक्षिण कोरियाको रक्षा मन्त्रालयले मङ्गलवार विकसित पछिल्ला घटनाक्रमबारे प्रतिक्रिया व्यक्त गर्दै अमेरिकासँग मिलेर उत्तर कोरियाको सैन्य गतिविधि नियालिरहेको जनाएको छ।

प्योङ्याङले के भन्यो?

 

 

मङ्गलवार उत्तर कोरियाली सेनाले असैनिकीकृत क्षेत्रमा सेना पठाउने कार्ययोजनाको अध्ययन गरिरहेको जनाएको छ।एक वरिष्ठ सैन्य अधिकारीले सेना ‘उच्च सतर्कतामा रहेको’ र सरकारको कुनै निर्णय तत्काल र कार्यान्वयन गर्न तयार रहेको बताएका छन्।त्यस्तो भनाइ शनिवार किम जङ-अनकी बहिनीले दक्षिणविरुद्ध सैन्य कारबाही गर्ने चेतावनी दिएको पृष्ठभूमिमा आएको हो।स्राेत बिबिसी

 

 

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय