Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

विश्व बैङ्कले दक्षिण कोरियालाई ‘कोरोना सेफ जोन’ घोषणा गर्यो !

गुरुदत्त न्यौपाने / सउल

विश्व बैङ्कले दक्षिण कोरियालाई कोरोना सेफ जोनको रुपमा घोषणा गरेको छ।

बैङ्कले आफ्ना कामदारलाई चुस्त आकस्मिक मेडिकल सेवा प्रदान गरेको कारण कोरियालाई कोरोना सेफ स्पटको रुपमा घोषणा गरेको हो।

“विश्व बैंकले पूर्वी एशिया र प्रशान्त क्षेत्रमा अवस्थित आफ्ना कर्मचारीहरूको स्वास्थ्यलाई लिएर अत्याधुनिक चिकित्सकिय सुविधाको आवश्यकता अनुरुप कोरियालाई मेडिकल सामाग्री निकासी गर्नको लागी गन्तव्य सुचीमा राख्ने निर्णय गरेको छ,” मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ।

“कोरियाको चिकित्सा मापदण्ड र यहाँको वैज्ञानिक सफल क्वारेन्टाइन अनुभवहरूका आधारमा विश्व बैंकले मूल्यांकन गरी उक्त निर्णय घोषणा गरेको थियो।”

विश्व बैंकले गम्भीर अवस्था वा सामान्य सङ्क्रमित भएका आफ्ना कर्मचारीहरूलाई छिमेकी राष्ट्रमा चिकित्सकिय सुविधा दिने निर्णय गरेको छ, स्थानीय रूपमा अत्याधुनिक चिकित्सकिय सुबिधा नभएमा हालको लागी थाईल्याण्ड र सिंगापुर पूर्व एशिया र प्रशान्त क्षेत्रमा तोकिएको छ।

“कोरियाली सरकार र नागरिकले कोभिड -१९ नियन्त्रण गर्नको लागि गरेका कदमबाट विश्व बैंक निकै प्रभावित भएको छ र कोरियाको अनुभवबाट धेरै कुरा सिक्न सक्ने विश्वास छ,” मन्त्रालयले एशिया पूर्वका लागि विश्व बैंकका उपाध्यक्ष भिक्टोरिया क्वाक्वालाई उद्धृत गरेको छ।

विश्व बैंकले कोरियालाई यसको चिकित्सा निकासी केन्द्रहरूको सूचीमा थप्न सक्ने समानतालाई ध्यानमा राख्दै, सरकारले एजेन्सीको जिज्ञासा र प्रतिवेदनहरूको प्रतिवेदन सहित सक्रिय प्रतिक्रिया देखाएको छ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय