Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी
Trip

उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै सञ्चार सम्पर्क बन्द गर्यो

उत्तर कोरियाले दक्षिण कोरियासँग दुई देशका नेताहरूबीचको हटलाइन लगायत सबै सञ्चार सम्पर्क बन्द गर्ने बताएको छ।

उत्तर कोरियाले दक्षिण कोरियालाई ‘शत्रु’ भन्दै सञ्चार सम्पर्क बन्द गर्नुलाई आफूले थालेको कारबाहीहरूको पहिलो कदम भनेको छ।

मङ्गलवारदेखि दुई कोरियाका सम्पर्क कार्यालयमहरूबीच हुँदै आएको नियमित दैनिक सञ्चार सम्पर्क बन्द भएको छ।

Trip

सन् २०१८ मा भएको वार्तापछि दुई देशले आपसी तनाव कम गर्ने उद्देशयका साथ त्यस्तो सम्पर्क कार्यालय स्थापना गरेका थिए।

सन् १९५३ मा समाप्त भएको कोरियाली युद्धपछि दुई देशबीच कुनै शान्ति सम्झौता नभएका कारण यी दुई देश प्राविधिक रूपमा अझै युद्धमै रहेका छन्।

बिबिसी

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय