Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

समाज परिवर्तनको निम्ति साहस जुटाऔं ,जातिय पर्खाल नाघ्ने मात्रै हैन पुरै भात्काउन जरुरी छ

भर्खरै रुकुम मा कथित तल्लो र उप्पल्लो जात बिच को प्रेम सम्बन्ध बाट सिर्जित अत्यन्त काहलि लाग्दो घटनाले नेपाली समाज मा ठुलै तरंग ल्याएको छ ,घटना अत्यन्त आमानबिय र क्रुर छ भन्ने कुरा मा कुनै दुई मत छैन ,तर उक्त क्रुर घटना घट्नुमा समाज मा ब्याप्त जातिय बिभेद ले बढी भूमिका खेलेको भन्ने त देखियो नै सँगसङै केटा पक्ष ले गुमाएको आबेग पूर्ण बिबेक ले पनि उत्तिकै भूमिका खेलेको लाग्छ ! कानुन का बाटा हरुलाई छोडेर हिन्सात्मक तरिकाले प्रस्तुत हुनु केटी पक्ष का अभिभाबक हरुको गम्भिर गल्ती थ्यो भन्ने कुरा अाम सर्बसाधारण सबैले बुझ्न सक्छन ! केटा पक्ष को शैली प्रती आपत्ति थ्यो भने समाधान को लागि कानुनी प्रकृया हरु थिय ! हुनत परिस्थितीजन्य आबेग मा मान्छेहरुको बिबेक अन्धो हुन सक्छ तैपनी यसो भन्दैमा उनिहरु क्षम्य हुन सक्छन भन्ने हैन !

अब कुरा गरौ सामाजिक संजाल को ,अहिले यो घटना लाई लिएर दलित भनिने एउटा समुदाय र उपल्लो जात भनिने अर्को समुदाय बिच सामाजिक सन्जाल मा चलेको दोहोरी ले मन खिन्न भएर आउछ ,घटनामा मान्छे ले ज्यान गुमाइरहेको छ हामीहरु त्यो जात र यो जात भनेर दोहोरी खेल्दै छौं ,जे सुकै कारण ले मारियोस मार्नेहरुको गम्भिर गल्ती हो ,कुनै दुई मत छैन !तेसैले कस्को गल्ती भन्ने कुराको बहस अब जरुरी छैन !अर्को कुरा यहाँ कथित उपल्लो जातको समुदाय का मान्छेहरु अहिले संजालमा सकी नसकी जातिय बिभेद स्विकार्य छैन भनेर घोक्रो फुलायर मात्रै हुँदैन ,व्यबहार मा तिमी आँफैले लागु गर्न सकेका छौ या छैनौ सोचेर हेरौ ,समाज मा गडेर रहेको जातिय खाटा लाई हटाउन हाम्रो तर्फ बाट के गर्न सकेउ तेस्को मुल्याङ्कन गरौ ,बोलेको लेखेको जस्तो व्यबहार मा लागु गर्न साचिकै सकिरहेका छौ त ?
        मेरै कुरा गर्ने हो भने जातिय सवाल मा म सानै देखी उदार मान्छे हुँ ,तर पारिवारिक र सामाजिक रुपले कही न कही असर चाँही परीरहेको हुन्थ्यो ! तेसैले बाहिर बोलेर लेखेर मात्रै हैन परिवर्तन को निम्ती सबैभन्दा पहिला आफु र आफ्नो परिवार लाई परिवर्तन गर्ने प्र्यास गरौ !जबसम्म एउटा दलित लाई हामीले आफ्नो भन्सा सम्म लगेर परिवार सँगै खाना खुवाउन सक्दैनौ ,तबसम्म जातिय सवाल मा ति भावनाले भन्दा मस्तिस्क ले लेखेका शब्द हरुले सन्जाल लाई दुर्गान्धित नबनाएकै राम्रो हुन्छ ! जातिय बिभेद को बारेमा जती मिठा शब्दहरु लेखिरहेका हुन्छौ ,त्यहाँ भन्दा बढी तिता अनुभब हरु तपाईं हाम्रै परिवार र समाज भित्र बटुल्न सकिन्छ !समाजमा ब्याप्त जातिय प्रखाल नाघ्न यो कारण ले पनि गार्हो छ कि हामी जस्ता सिछित हरु पनि यो जातिय सवल मा कुनै न कुनै रुपले चुकिरहेका छौ !परिवर्तन को निम्ती साहस जुटाउन सकिरहेका छैनौ !यस अघि दैलेखका सेते दमाईंलाई गैर दलितहरूको समूहले खुकुरीले छातीमा हानेर हत्या गर्‍यो । त्यस घटनामा पनि सिंगो गाउँ नै दलित परिवार माथि खनिएको थियो । धादिङ मा दलित युवकले सुवेदी थरकी युवतीसँग प्रेम विवाह गरे पछि गैर दलितहरूले सिंगो दलित बस्ती माथि आक्रमण गरे । आक्रमण बाट दलित बस्ती नै विस्थापित भयो ।काभ्रेका अजित मिजार पनि अन्तर जातीय विवाहकै कारण मारिए ।उनको शव नै अझै पनि त्यो शिक्षण अस्पतालमा छ ,परिवारले हाल सम्म न्याय नै पाएका छैनन् ।
                   केही अध्ययनहरूले ०६८ सालमा जातीय भेदभाव विरुद्धको ऐनहरू कार्यान्वयनमा आइसके पछि अन्तर जातीय विवाहकै कारण नै आत्महत्या र हत्याका घटनाहरू पुन बढ्दै गइरहेको देखाएको छ! तेसैले हामी हरु लेख्न बोल्न ,बहस गर्न एस बारे कोही पनि कम छैनौ !तर व्यबहारले हामी निकै कम्जोर छौ !सन्जाल मा कुनै समुदाय लाई खुशी पार्न को निम्ती मात्रै नलेखेर, व्यबहारले कम्सेकम आफु र आफ्नो परिवार सम्म लाई भये पनि परिवर्तन गर्ने तर्फ जोड दिने हो भने समाज परिवर्तन हुन समय लाग्दैन !संबिधान मा लेखेर मात्रै हुने भये बारम्बार एस्ता घटना सुनिरहन पर्नेथिएन !नियम भन्दा ठुलो कुरा नियत हो ,असल नियत ले असल नियम लाई जन्माउन सक्छ ! हिजो को समानताको नारा आज केहीलाई केबल सिंह दरबार सम्म पुग्ने भर्र्याङ् भयो ! आज तिनै मान्छे हरु यो सवाल मा कसरी प्रस्तुत भैरहेका छन त्यो त छर्लङ भैरहेको छ ! त्यसैले परिवर्तन अरुले गर्देला भनेर पर्खिने कुरा रहेनछ ,यो त स्वयम आँफै बाट सुरुवात गर्ने कुरा रहेछ !अनी परिवर्तन को लागि नियम ले भन्दा नियत ले बढी भूमिका खेल्ने गर्दोरैछ ! येसैलाइ आत्मसात गरेर हामी सबैले ब्याप्त जातिय पर्खाल नाघ्ने मात्रै हैन पुरै भात्काउन जरुरी छ !!!
लेखक : डि. आर . लामिछाने हाल दक्षिण कोरिया
Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय