Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

सम्माननिय प्रधानमन्त्री ज्यु..यो गर या मर को स्थिती पनि हो ।   

 

एक सिजनजसो भारत र माओवादीलाई चर्को गाली गर्दै हिड्नुभो, रास्ट्रवादी हुनुभो । धेरै सिननजस्तो पानीजहाज, चुच्चे रेल, मोनोरेल, हावाबाट बिजुली, चुल्होचुल्होमा ग्यास पाइप, बिस्तारामा खाना के हो के, आदिइत्यादी चुड्क्याउदै भट्याउदै, बिगुल फुक्दै हिड्नुपनी भो। जे होस् यी सबै कुरा तत्कालका लागि मोजाक थिए त दीर्घकालीन संभावनाहरु समेत थिए, हुनसक्थे यद्यपि १ बर्ष र २ बर्षभित्रनै भन्दै हिड्दा पनि दुइतिहाइ जनताले पत्याए र बहुमत पाउनुभो । ठिकै छ यी कुराहरु जनताले पाउलान् या नपाउलान् , पुनः पत्याउलान् या त नपत्याउलान् , फेरि अर्को चुनाबपनि आउला अनि यिनै र यस्तैखाले भजनका र्यापहरु सुनौला, नसुनौला या फेरिपनी सुन्दै गरौला ।

 

भुमी फिर्ता सम्बन्धमा ……..

 

हो, एकातर्फ आफ्नै भुमी प्राप्तिका लागि समेत सिङ्गो नेपाल सरकार कोरोनाका कारण जनताहरु दिनानुदिन भोकै र नाङ्गै हुँदै गैरहेको र कोरोनाको चरम जोखिमको संभावनालाई तुहाउनका खातिर केन्द्रित हुनुपर्ने अवस्थामा भुमी फिर्ताका लागि सरकार अन्य सयौं रास्ट्रीय मुद्धाहरुलाइ पन्छाएर यहि मुद्दामा केन्द्रीत हुनुलर्ने अवस्था आउनु नै हामी ३ करोड नेपालिमा लागि नेपालिको दुर्भाग्य समेत हो ।

 

अर्कातर्फ आफ्नै नेपाली भुमी पुनःप्राप्तिका लागि सरकारले विभिन्न ऐतिहासिक, तथ्यगत र कानुनी प्रमाणहरु जुटाइ देशले थप भुमी आफ्नो मानचित्रमा पर्नुपर्ने विभिन्न आधारहरुसहित नेपालको नयाँ नक्सा प्रकाशन गर्नु , शक्तिशाली भारतलाइ झक्झक्याउनु र सिङ्गो बिश्वसमुदायलाइ नै सो बिसयमा केन्द्रीत गर्न गराउन सक्नु आफैमा जनमतको कदर हुने साहसिक प्रयास, संकेत र उदाहरण पनि हो।

 

अब हिजो इतिहासदेखी आजसम्म गुमेको भुमि मात्रै होइन, बिगतमा बिबिध अदुरदर्शिता, बाध्यता र परिस्थितिका कारण सुम्पेको सम्पुर्ण भुमी समेत फिर्ता ल्याइ विभिन्न कारणले अलोकप्रिय बन्दै गैरहेको रास्ट्रवादी सरकारले आफ्नो सरकार संचालन, पार्टी भित्रको द्वन्द्व, आन्तरिक कमिकमजोरीहरु हटाउदै नेपालमामा सुशासन कायम हुँदै गैरहेको आभास आम जनमानसमा पुर्याउनैपर्ने दायित्व र जिम्मेवारी पूरा गर्नैपर्ने देखिन्छ ।

 

भुमि फिर्ता सम्बन्धमा नेपाल सरकार र भुमी व्यवस्था मन्त्रालयको पहललाई नतिजामुखी बनाउन सम्पुर्ण जनता र राजनैतिक दलहरु एकढिक्का भै कोरोनात्रासबाट आक्रान्त बन्नु परीरहदाका पीडाहरु भुलाउन सक्नेगरी यथाशक्य छिटो अपेक्षित नतिजा हासिल गरि आम जनमानसमा पेश गर्नु गराउनुको बिकल्प नरहेकोमा पूर्ण सचेत र जिम्मेवार रहिरहन तत्काल आवश्यक देखिन्छ। यो मुद्धामात्रै नभइ हरेक रास्ट्रीय मुद्धाहरुलाई सर्वमान्यकारी तवरले सम्बोधन गर्दै थप लोकप्रिय बन्दै जावोस् बहुमतको सरकारलाइ अनि सुभकामना छ ।।

 

यहि सवालमा एकातर्फ स्याङ्जालि चेली भुमिसुधार मन्त्री माननीय पध्मा अर्यालले बिगत सरकारहरुका पालामा जस्तै यस्ता रास्ट्रीय मुद्धाहरुलाइ तुहाउनकै लागि सुटकेशमा बिटा खेप्ने, ओसार्ने अनि ओगट्ने रास्ट्रघातीहरुमाथी तत्काललाइ गतिलो झापड हानेकी छन् त अर्कातर्फ यस्ता रास्ट्रघाती नियतहरु फेरिपनी दोहोरिरहन्छन् कि त भन्ने चुनौतीका अगाढी उभिइरहेकी पनि छन् । कामना गरौं, नेपाली भुमी फिर्ता सम्बन्धमा यस्ता रास्ट्रघाती नियतहरु पध्मा अर्यालको कार्यकालमा पुर्णबिराम लाग्नेछन् । स्याङ्जालिहरु गौरवान्वित हुन पाउनेछन् , आफ्नो जनमतले उच्च सम्मान पाएको महशुस गर्नेछन्। यसो हुन नसक्दाका कारण सृजना हुनसक्ने रास्ट्रीय, अन्तरास्ट्रिय र यहाको आफ्नो व्यक्तिगत राजनैतिक ईतिहास र भोलिका सामाजिक राजनैतिक अवसर र संभावनाहरुमाथी पर्नसक्ने असरहरुबारे समेत उत्तिकै सजग रहनुपर्छ, रहनुभएको होला र कृपया रहिरहनुहोला ।

 

लेखक:

रमेश रोकाहा,अ.चौ.स्याङ्जा

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय