दुइबटा फाटेका टाला जतिसुकै मजबुतीकासाथ सिलाउनुहोस तेसमा सिलाईको धार देखिनै रहन्छ अहिलेको नेकपाको हाल पनि तेस्तै छ । अझ यसकोत सिलाईको धागो पनि कच्चा छ। दुइ पाटि सिलाईयको दुइ बर्ष बितिसक्यो तर अझै यसको धार हराउन सकेको छैन । धार मेटाउन केहिसिप नलागेपछी हिलै पोतेरभयपनी धार मेटाउने प्रयाश गरेको देखिन्छ। तर हिलो पोत्दा झन धेरै धारहरु देखिन्छन भन्नेकुरा बिर्सनु भयको छ। हुनत सर्सर्ति हेर्दा दुइ ठुला नेताले सबै कार्यकर्ता लाइ एउटै खोलभित्र अटाउन आग्रह गरेको देखिन्छ । कार्यकर्ताहरु एउटा खोल भित्र बसेपनि दुइतिर फर्किए झै लाग्दछ्।
पुर्व एमाले र पुर्व माओबादि भित्रको गुटले तत्कालीन समयमा पाटिभित्र द्वान्द शृजना गरिरहेको हुन्थ्यो त्यो प्रबृति अहिले नेकपा बनिसक्दा पनि एथावत रहेको छनक पाइन्छ्। पुर्व एमालेमा गुट शृजना गर्नेमा केपि ओलि अग्रपंतिमा प्रदथे तल देखि माथि सम्म सिमित ब्यक्तिलाइ आफ्नो बनाउने र तेहि नै पाटि र कार्यकर्ता हुन भन्ने सोच देखिथ्यो । अर्का नेता बामदेब सधै शक्तिमा बस्न खोज्ने र त्यसको लबिङका लागी छुट्टै झुण्डमा बसेको पाइथ्यो। त्यो अलबा सानामसिना समुह भए पनि प्रभाबकारि थिएनन र गुट बेगर एमाले हु भन्ने कार्यकर्ताले माधब नेपाल , झलनाथ , सुबास नेम्वाङ , भिम रावल ,प्रदिप ज्ञावालि , गोकर्ण , घनश्याम हरु लाइ रुचाउथे। अर्कोतिर पुर्व माओबादिमा धेरै गुट उपगुट मौलाइरहेको थियो। प्रचण्ड , बैध , बाबुराम , बिप्लब , किराति , नारायणकाजि , मातृका लागाएतका धेरै शक्ति थिए तर धेरै गुटका नेतृत्वकर्ताले पाटि नै अलग गराएर बाहिरिएका छन । प्रचण्डको एकल गुट माओबादि केन्द्रको रुपमा थियो र त्यसमा नारायणकाजिको सानो झुण्ड अस्तित्व बिहिन जस्तै रहेर पनि साथ दिइरहेको देखिन्थ्यो। तल्कालिन समयमा गुट भन्दा बाहिर बस्न रुचाउने कार्यकर्ताले नारायणकाजि , जनार्दन , आहुति , टोपबहादुर हरुलाइ असल नेताका रुपमा हेर्ने गर्दथे। अहिले नेकपा भित्र पनि तिनै गुटहरु बाहिरि रुपमै देखिन्छन । ओलि , प्रचण्ड , बामदेब को गुट प्रस्ट देखिन्छ भने भने नेकपा नै रहनुपर्छ भन्ने हरुले माधब , झलनाथ , जनार्दन , भिमरावल , नारायणकाजि लगाएत हरुलाइ रुचाएको देखिन्छ्।
चुनाबको पुर्व सन्ध्यामा मिल्तिको सुरुवात सगै फरक माहोल बनाएर अगाडी बढेका पाटिलाइ एकताको सन्देशले निकै फाइदा पनि दियो। जनताले रामै मत पनि दिए तर त्यसपछि सरकारको काम र पाटिको काम कछुवाको गतिमा हिड्न थाल्यो यसले कार्यकर्तालाइ निराश बनायो । तल्ला कार्यकर्ता देखि एकता हुदै केन्द्रीय स्तरसम्म जानु पर्नेमा केन्द्र देखि स्थानिय स्तर सम्म नेतृत्व तोकेर जाने परिपाटिले इमान्दार कार्यकर्ता पछाडी परे । अझै सम्म बिभागहरुले पुर्णता नपाउनु नेतृत्वको कमजोरी हो । सत्त र शक्तिको छिनाझप्टि र पाटि एकतालाइ धिमा गतिमा अगाडी बनाउनुले फाइदा दिदैन । पाटि भित्रको समस्या महाधिवेशन बाट हल गरेर छटो नेतृत्व देखि कार्यदिशा र बिचारलाइ कार्यकर्ता माझ ल्याउनु टक्टारो आवस्यकता देखिन्छ । अन्यथा नेकपा पाटिलाइ सिमित स्वार्थका लागी जबर्जस्ति दुइ पाटि सिलाएर राखिएको जस्तो भान पर्न जाने छ्।
जबसम्म पाटि एकताको मर्म , आवस्यकता र एउटै बिचार बोकेर नेतृत्वले काम गर्दैन तबसम्म पुर्वबत गुट उपगुट देखिइ रहने छन । अझै सम्म पनि पुर्व एमालेका नेताले गरेका राम्रा काम लाइ पुर्व माओबादिका कार्यकर्ताले राम्रो हो भन्न सकेका छैनन र प्रचण्डले गरेका राम्रा कुराका प्रचारमा पुर्व एमालेका कार्यकर्ताले सघाएको देखिदैन । सहयोगको ठिक उल्टो माओबादि नेताले गरेका गल्ति एमालेका कार्यकर्ताले भाइरल बनाउने र एमाले नेताले गरेका गरेका गल्ति माओबादि कार्यकर्ताले सामाजिक सन्जाल भरि छरपस्ट पार्ने काम रोकिन सकेको छैन यो कार्यले नेकपालाइ नै बेफाइदा हो। एस्तो हर्कतले दुइ पाटिलाइ चिनि पानी जस्तो घुलित नगरि दुइ कपडाका टुक्रालाइ सिलाएर एउटा रुमाल बनाएको जस्तो मात्रै देखिन्छ्।
पदको पछिपछि लागेर नेता बन्ने होडबाजि को दौडमा मात्र हिडेको देख्दा दुइ पाटि मिलेको छनक देखिदैन बरु शक्तिको लागी लुछाचुँडी गरेको भान पर्न सक्छ्। एमलेले जितेको स्थानिय सरकारमा माओबादिलाइ सामेल नगराउनु र माओबादिले जितेको ठाउमा एमलेका कार्यकर्तालाइ अगाडी आउनै दिनु हुदैन भन्ने मानसिकताले हिड्नु घातक बन्ने छ्। तेसैले नेकपा सिलाइएको होइन घुलाएको हो भन्ने छनक दिनको लागे सहमति र सहकार्य गर्नु टक्टारो आवस्यकता हो।
सुलभ बन्धु पोखरेल , माडि चितवन