Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

कोरिया सरकारले आनसान मा बस्ने विदेशीलाई दिने भनिएको राहत यसरी प्राप्त गर्नुहोस।

विश्वभरी कोरोना महामारीले सताईरहेको यो समयमा कोरियन सरकारद्वारा आन्सान क्षेत्रमा बसोबास गर्ने आफ्नो नागरिक बाहेक विदेशी नागरिकलाइ पनि राहत स्वरुप ७०००० (सत्तरी हजार) कोरियन वन दिने भएको छ ।राहत रकम प्राप्त गर्नको लागी २ तरिका बाट आवेदन दिन सकिन्छ।कार्यालय गएर साथै अनलाईनको माध्यम द्वारा आवेदन दिई उक्त रकम पाउन सकिन्छ।कार्यालय गएर आवेदन दिनको लागी आनसान माईग्रेन्ट सेन्टरमा गई वृस्तित बुझ्न सकिने छ।अथवा १६४४-७१११ ,१६४४-७१०३ मा फोन गरी बुझन सकिनेछ।ख्यङ्गिदो प्रान्तको आनसान क्षेत्रमा वैधानिक बसोबास गर्ने सम्पुर्ण विदेशी नागरिकले उक्त रकम प्राप्त गर्न सक्नेछन।जसको लागी आवेदन दिनुपर्ने हुन्छ।

अनलाईन आवेदन कहिले देखी कहिले सम्म गर्न सकिने?

अनलाईन आवेदनका २०२०-४-२० देखी २०२०-७-३१ सम्म आवेदन दिन सकिन्छ।

आवश्यक कागजातहरु

१.विदेशी नगरिक हुनुपर्ने

२ . कोरियामा बैधानिक रुपमा बसोबास गरेको हुनुपर्ने।

३ . आनसानमा बसोबास गरेको हुनुपर्ने।

४ . १९ बर्षभन्दा माथीको हुनुपर्ने ।

५ . दाउन कार्ड हुनुपर्ने ।

दाउन कार्ड कसरी प्राप्त गर्ने?

राहत रकम प्राप्त गर्नको लागी दाउन कार्ड अनिवार्य भएकोले यो बनाउन आवश्यक रहेको छ।यो कार्डमै राहत आउने भएकोले यो बनाईसकेपछी अनलाईन आवेदन दिन सकिन्छ।यो कार्ड नजिकैको नोङ्ह्यप बैङ्कबाट बनाउन सकिन्छ साथै अनलाईन बाट आवेदन गरेर पनी प्राप्त गर्न सकिन्छ।यसको लागी तलको भिडियो हेरेर आवेदन दिन सकिनेछ।

अनलाईन आवेदनका २०२०-४-२० देखी २०२०-७-३१ सम्म आवेदन दिन सकिन्छ।कान्तिपुर प्रेसमा गुरुदत्त न्यौपानेले लेख्नुभएको छ ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय