Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

चार्टर्ड फ्लाईटको संभावना कायमै

मीन बि क ,सौल दक्षिण कोरिया,

बिदामा कोरियादेखी नेपाल गएका र कोरिया फर्किन चाहनेहरुको लागि एन आर एन ए ले ब्यबस्थापन गरेको चार्टर्ड विमान  २ पटकसम्म स्थगित भयो । पछिल्लो पटक यहि १२ तारेखको फ्लाइट स्थगित हुँदा अर्को सुचना प्रकाशित नहुनेबेलासम्मको लागि भनेर स्थगित गरिएको थियो । हामीले ब्यबस्थापन समितिका एक सदस्यलाई उडान भर्ने संभावना छ कि छैन भनेर सोधेकोमा ,उडान भर्ने संभावना कायमै रहेको जानकारी गराएका हुन भने कहिले उडान गर्ने त भन्ने बिषयमा आजको बैठकले निर्णय गर्ने र आज बेलुकिसम्म सुचना प्रकाशन गरिने जनाए ।

नेपाल एअरलाईन्सलाई कोरियामा ल्याण्ड गर्ने अनुमती नदिएको कारण उडान स्थगित गर्नुपरेको हो ? भन्ने प्रश्नमा यस्तो नभएको कोरियाले अनुमती दिएको तर  एच आर डि कोरियाको क्वारेन्टाइन सम्बन्धी नयाँ नियमका कारण उडान स्थगित गर्नुपरेको बताए । चार्टर्ड उडानका लागि आवेदन दिएकाहरुको फारम एच आर डि मा पठाईएको र क्वारेन्टाइन फाराम पनि पठाइएको थियो  । त्यो फाराम भर्नेहरुले भरेको क्वारेन्टाइनको बारेमा एच आर डिको नेपाल स्थित कार्यालयले कोरियामा  बुझ्दा कतिपयहरुको क्वारेन्टाइन सम्बन्धि मापदण्ड नपुगेको हुँंदा क्वारेन्टाइनको मापदण्ड पूरा गरेकाहरुलाई मात्रै उडान गर्न दिने अनुमती दिएको थियो  । तर नेपाल एअरलायन्सले कोरिया ल्याण्ड गर्न अनुमती नपाएको भन्ने हल्ला मिथ्या रहेको जनाए ।

यदि नेपालबाट चार्टर्ड बिमान कोरिया आएमा कोरियामा भिषा सकिएर घर फर्किने चाहना राख्नेहरुलाई नेपाल लिएर जाने संभावना कति छ?  भन्ने प्रश्नमा  , नेपाल सरकारले हालसम्म कुनै पनि देशबाट नेपाल प्रवेशमा अनुमती नदिएको कारण तथा कोरियाबाट नेपाल एअरलायन्सको उडान गर्ने यात्रु लियर जाने अनुमती नभएकोले फर्किदा संभवत खाली नै जानुपर्ने भएपनी हामीले  प्रयास भने गरिरहेका छौँ सकेसम्म लिएर जाने बताए । यदि कोरियन एअर चार्टर्ड गरेको भए भनेको समयमा उडान भर्न सकिन्थ्यो कि भन्ने प्रश्नमा , यदि यसो गरिएको भए पनि केही ब्यबस्थापनका कामहरु बाहेकका बांकी कामहरु एउटै भएकोले केही सजिलो भएपनी पूरा गर्नुपर्ने मापदण्डका कारण ढिलाई भएको बताए ।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय