Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

जातीय भेदभावलाई बढावा दिएको घटनाको बिरोध गर्दै सशक्त दलित एकता समाज कोरियाको प्रेस विज्ञप्ती

सौल दक्षिण कोरिया ,
जातिय विभेद बिरुद्दका घटनालाई सशक्त रुपमा प्रतिकार गर्दै आएको सामाजिक संस्था सशक्त दलित एकता समाज दक्षिण कोरियाले कास्कीको घटना सम्बन्धमा प्रेस बिज्ञप्ती सार्वजनिक गरेको छ । कास्की पोखरामा घटेको घटनामा मानवीय समवेदना पनि हराएका समाजका केहि व्यक्तिहरुको पछि लाग्दै पावर र  पहुँचको भरमा घटनालाई सुनियोजित रुपमा अन्यत्र मोड्दै पीडकलाई नै थप पिडा दिएको खुलेको छ । त्यस घटनालाई  लिएर प्रदेश सांसद तथा नेकपा अध्यक्ष कृष्ण बहादुर थापाले  छुवाछुत जस्तो अपराधलाई बढवा दिने गरेर प्रेस बिज्ञप्ती सार्वजनिक गरेका थिए । उनको विज्ञप्तीको चौतर्फी बिरोध भएको थियो ।

सशक्त दलित एकता समाज दक्षिण कोरियाको विज्ञप्तीमा भनिएको छ,

कास्की , पोखरा महानगरपालिका वडा न . १६ बाटुलेचौरका मोहन सुनारका भाई सम्मर बहादुर सुनारको दुबइमा मृत्यु भएको र कोरोनाका कारण उनको पार्थिव शरीर नेपाल ल्याउन नसकेपछि दुबइमा नै दाहसंस्कार गरी नेपालमा किरियापुत्री बस्नका लागी बाटुलेचौर गैहाखोरमा रहेको सामुदायिक किरियापुत्री भवन प्रयोग गर्न चाबी माग्दा नदिई दलित समुदाय लाई सार्बजनिक किरियापुत्री भवन प्रयोग गर्न बाट वन्चित गरिएको र जातिय आधारमा भेदभाव गरेको समाचार सार्बजनिक भएपश्चात सो विभेदको घटना प्रति सशक्त दलित एकता समाज दक्षिण कोरियाको गम्भीर ध्यानाकर्षण भएको छ ।
महानगरपालिका र स्थानीय समेतको लगानीमा , सार्वजनिक जग्गामा बनेको उक्त किरियापुत्री भवनमा काजकिरिया गर्नबाट रोकिएपछि पीडित मोहन सुनारले बैशाख १९ गते जनक थापा , देवबहादुर थापा र राम विसी समेतलाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय कास्कीमा मुद्धा दर्ता गराएपछि प्रहरीले पिडकलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउदै गर्दा गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण बहादुर थापाले जातीय छुवाछूतलाई बढावा दिने , अपराधी लाई संरक्षित गर्ने र दन्डहिनता लाई प्रशय दिनेगरी पदीय मर्यादा विपरित र संविधानकै वर्खिलाप हुनेगरी दलित समुदायको अपमान गरेको र अपराधी लाई बचाउ गर्दै बिज्ञप्ती समेत निकालेकोले निजलाई र सो अपराधमा संलग्न सबैलाई संविधानको दायरा भित्र ल्याएर आवश्यक छानबिन गरी कानुन बमोजिम उक्त अपराधमा संलग्न अपराधी सबैलाई हदैसम्मको कारबाहीको माग गर्दै पीडित लाई कानुनी राज्यको अनुभुती दिलाउन दक्षिण कोरिया राजदुतावास मार्फत , प्रदेश सरकार , केन्द्र सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं । साथै सो घटनाको घोर बिरोध र भत्सर्ना गर्दछौं ।

सशक्त दलित एकता समाज दक्षिण कोरियाको विज्ञप्ती यस्तो छ

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय