Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

E-9भिसाको लागि क्वारेन्टाइन अनिवार्य ,आफैले ब्यबस्था गर्न नसके HRD ले गर्दिने ,पैसा नभए रिण पनि दिने ।

कोरियाबाट अहिले रोजगार अनुमति प्रणाली (इपिएस) को सबै देशको (१६देश) श्रमिकहरु जो आफ्नो कम्पनिबाट बिदा लिएर अथवा कम्पनि छोडी काम खोज्ने समय अवधिमा आफ्नो देश जानु भएको छ ।यस्तो प्रवासी श्रमिकहरु अहिले कोरिया आउदा कोरोना भाइरसको कारणले गर्दा क्वारेन्टाइनमा बस्नु पर्ने ब्यबस्था गरेको छ । , क्वारेन्टाइनमा बस्नकोलागि ठाउको व्यवस्था कम्पनीले नगरिदिए ,आफैले ब्यबस्था गर्न नसके स्थानीय निकाय (सरकार )ले ब्यबस्था गरिदिने भन्नेकुरा सबैलाई अवगतै छ . तर आफैले क्वारेन्टाइनमा बस्ने ठाउँको व्यवस्था गर्न नसकेर सरकारले व्यवस्था गरेको ठाउमा बस्ने हो भने त्यसको रकम दिनको १ लाख वोन(१४ दिनको १४ लाखवोन) लाग्नेछ. यो रकम श्रमिक आफैले व्यहोर्नु पर्नेछ. यो क्वारेन्टाइनमा बसेको खर्च तिर्नकोलागि सम्बन्धित प्रवासी श्रमिकसग पैसा छैन भने एचआरडी कोरियाले केहि समयकोलागि(७ महिना) ऋण दिने निर्णय गरेको छ. यो ऋण एचआरडीले प्रवासी श्रमिकहरुले सम्संगमा भएको थेजिकगुम रकम स्वदेश फिर्ता हुदा नलगेर गएको कारण एचआरडीको खातामा जम्मा भई रहेको रकमबाट (निस्क्रिय बिमा) आएको ब्याजबाट दिने भएकोछ. यो ऋणलिन चाहने श्रमिकले क्वारेन्टाइनमा बसेको ठाउँबाट एचआरडीमा (फ्याक्स मार्फत) निबेदन दिन सक्नेछ. स्रोत : उदय राई (प्रवासी मजदुर युनियन (MTU)दक्षिण कोरिया

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय