Hello Korea Nepal
कोरिया सम्बन्धि सम्पूर्ण जानकारी

नेपाल बाट कोरिया फर्केर १४ दिन क्वारेन्टाईनमा बसेका यूवाको अनुभव !

३० तारिक नेपालबाट आउनु हुने तपाईहरुको क्वारेन्टाइनको ब्यवस्था छैन भने कम्पनीमा वा काम छोडेर नेपाल जानु भएको तपाइँहरुले दिनको १ लाख वन तिर्न पर्ने हुन्छ भने कोरियन सरकारले तोकेको ठाउको क्वारन्टाइनमा बस्न पाइन्छ ।

१४ दिनको १४ लाख वन । कम्पनिले रुम दिन सक्छ भने कम्पनीमा सेलफ क्वारेन्टाइनमा बस्नु पर्छ । नबसेमा नेपाल फर्काईदिन्छ ।इन्छनमा तपाई हरुको स्वास्थ्य जाच हुने छ.र तपाईहरुको रुमको ब्यबस्था छैन भने एर्पोट मै भन्नु होला तपाईहरुको व्यवस्था छैन भने इन्छनको एअरपोर्ट मै यहि क्वारेन्टाईनमा मा बस्छौ भनेर भन्नुहोला त्यहि बस्नसक्नुहुनेछ।।(मैले यो शुभद्रा दिदिको बाल बाट साभार गरेको हु) म सन्तोष कुमार राई आफै पनि नेपाल बाट आउदासेल्फ क्वारेन्टाईन मा बसेको हुनाले केही अनुभव सेयर गरेको छु ।अनि आफ्नो भोगाई पनि सेयर गरेको छु आशा छ तपाईहरुलाई उपयोगि हुनेछ।तपाईहरुको साथमा अनिबार्य मोबाईल अनि कोरियन मोबाईल नम्बर हुनु पर्नेछ यो इन्छ्न Airport मा तल देखाईएको App verified गराउन फोन अनि फोन नम्बर एकदमै आबश्यक पर्छ।ब्यालेन्स सकेर फोन नम्बर डेड भएको छ भने रिचार्ज आफैले गर्न सक्नुहुने thepay mangobpay भन्ने App हरु हुन्छ ईन्टरनेटको माध्यमबाट कोरियामा झर्ने बितिक्कै रिचार्ज गर्न सक्नुहुनेछ

ईन्छनमा नै क्वारेन्टाईनमा बस्ने सोच गर्नु भएको छ भने नेपालदेखि नै लाग्ने पैसको जोहो गरेर आउनुहोला ,यो तेस्रो नम्बरमा भएको फोटो कोरियन सरकारको App हो जुन तपाईले क्वारेन्टाइनमा बस्दा अनिबार्य प्रयोग गर्नु पर्ने हुन्छ १४ दिन नै तपाईले अपडेट गर्नु पर्ने हुन्छ।यो App GPS on नगरी नचल्ने भएकोले तपाईले Gps on गरिराख्नु पर्छ तपाईको सबै मुभमेन्टहरु निगरानीमा रहेका हुन्छ्न (म आको दिन नै घुमेर हिडेकोले भोलिपल्ट कल मेसेजमा चेतावनि आएको थियो)नेपाली हौ बिरतामा अगाडि छौ भोटेलाई चुतीया बनाईहाल्छौ भनेर सोच्नु भएको छ भने यो कुरा सबै भन्दा पहिला दिमाख बाट हटाउनुहोस,ये घरमै फोन राखेर बाहिर हिडछौ भनेर नसोचनुहोस बाहिर भएका कोरियन पुलिस वा जो सुकै कोरियन नागरिकलाई तपाईको बारेमा जुन सुकै बेला सोध्ने अनुमति छ र यसरि बाहिर भेटेको खन्डमा सिधै नेपाल डिपोर्ट हुनु पर्नेछ।।मलाई केही दिन अगाडि पुलिसले बाटोमा हिडदा रोकेर कहिले कहाँ देखि आएको भनेर प्रश्न राखेको थियो र चेक पनि गरेको थियो।सरसफाईमा बिशेष ध्यान दिनुपर्ने हुनाले आफ्नो लत्ताकपडामा ध्यान दिनुहोला inner dress(Underware Sando ) हरु अलिक धेरै नै हाल्नुहोला। मन्जन ब्रस जस्ता कुराहरुको जोहो गर्नुहोला।मिल्छ भने सक्नुहुन्छ भने सबै जनाले एक एक वोटा थर्मोमिटर अनिबार्य हाल्नु होला,दिन दिनै ज्वरो नाप्नुपर्ने हुन्छ नल्याउनु भएको खन्डमा झन बढी मानसिक तनाब हुन्छ,निधार छामेको छामै गर्नुहुनेछ मैले नै भोगेको कुरा हो यो।किताब पढन ठिक लाग्छ भने ५/७ वटा किताबहरु हाल्नुहोस,फिल्महरु Web sereis हेर्नुहुन्छ भने Netflix डाउनलोड गरेर साथीभाईसङ्ग Netflix Account छ भने act मागेर अथवा आफैले act खोलेर प्रयोग गर्न सक्नुहुनेछ अनि south indian new movie हरु english subtitle मा हेर्नको लागि google मा Einthusian भनेर type गर्दा Einthusian.tv भन्ने आउँछ त्यसबाट हेर्न सक्नुहुनेछ।चाउचाउ दाल्मोट जस्ता कुराहरु हाल्नु होला एक्लै बस्दा धेरै उपयोगि हुनेछ,धुम्रपान गर्नुहुन्छ भने त्यसको जोहो पनि पहिले नै गर्नुहोला।पशुपन्छी जन्य सामानहरु केही नहाल्नुहोला।

आफुमा त्यस्तो केही लक्षण हरु देखेमा तुरुनतै १३३९ हटलाईन सेवामा फोन गरेर जानकारी गराउनुहोला।मास्क ल्याउन नभुल्नुहोला मिल्छ भने Sergical gloves पनि हाल्नुहोला।एक्लै बस्नुपर्ने हुदा सार्है नै मानसिक तनाब हुने गर्दछ त्यसैले घर परिवार आफन्त इस्टमित्रलाई पाहिले नै जानकारी गराउनुहोला ताकी तपाईल बोर दिक्क लाग्दा घर परिवार आफन्त इस्टमित्र सङ्ग कुराकानी गर्न सहज होस१४ दिनसम्मको एक्लै बसाई अनि केही काम नभएपछि सबै दैनिक दिनचर्या बिग्रने गर्छ अनि १५/१६ औ दिन पछि काम गर्नु पर्ने भएकोले सुत्ने समयले एकदमै ध्यान दिनुहोस र सधै समयमै सुत्ने बानी बसाल्नुहोस,म क्वारेन्टाईनमा बसेर बाऐर निस्केको १५ दिन बढी भैसक्यो तर पनि क्वारेन्टाईनमा बस्दा रातभरी उठने दिनभरी सुत्ने बानी परेकोले अहिले पनि निदाउनलाई एकदमै समस्या भैरहेको छ।।

तपाईले सोचेको भन्दा बढी गार्हो हुन्छ क्वारेन्टाईनमा बस्दा त्यसैले सिर्जनात्मक कुराहरुमा ध्यान दिनु होला बोर लागेको छ भने कोरियामा रहनु भएका नेपाली दाजुभाइ दिदी बहिनीहरुको टिकटक भिडियो hd mobile Nepal को पेजमा छ हेरेर मज्जा लिन सक्नु हुनेछ,अनि मे १ देखि कोरियामा रहनु भएका नेपाली दिदिबहिनि हरुको टिकटक प्रतियिगिता हुँदै छ क्वारेन्टाइनमा बस्दा त्यो पनि हेरेर मज्जा लिन सक्नुहुनेछ ।

नोट-म मेरो आफ्नै रुममा सेल्फ क्वारेन्टाइनमा बसेको हु र रुम सम्म आउदा चाहिँ Public Transportation(bus) नै प्रयोग गरेको हु अहिलेको नियमको बारेमा चाहिँ केही थाहा भएन।आफुले भोगेका कुराहरु सेयर गरेको छु तपाईहरुको कोहि सात्गी नेपाल बाट आउदै हुनुहुन्छ भने यो जानकारी सेयर गरेर सबै माझ पुराईदिनुहोला।।अन्य केही जानकारी चाहिएमा 01076590883 मा सम्पर्क गर्न सक्नुहुनेछ।।धन्यवाद।

Comments
Loading...

ट्रेन्डिङ

लोकप्रिय